गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ कोरोना बिरुद्द विपद व्यवस्थापन कोषमा सहयोग जुट्नेक्रम जारि कोरोना बिरुद्द विपद व्यवस्थापन कोषमा सहयोग जुट्नेक्रम जारि प्रिया स्मृती गजमेर चैत्र २७, २०७६ गते १३:२४ मा प्रकाशित दाङ्ग, लमहीमा रहेको प्रभु बैंक शाखाले लमही नगरपालिकालाई खाद्यान्न हस्तान्तरण गरेको छ । दैनिकी ज्यालादारीमा निर्भर रहने र अति विपन्न बर्गका परिवारलाई पर्न गएको समस्यालाई ख्याल गरेर बैंकले राहत सहयोग गरेको हो ।लकडाउनका कारण दैनिक ज्यालादारी काम गरेर खाने अन्न जुटाउने बर्गलाई सहज होस् भनेर लमही नगरपालिकामा खडा गरिएको कोरोना बिरुद्द विपद व्यवस्थापन कोषमा बिभिन्न सामाजिक संघ सस्थाले राहत सहयोग प्रदान गर्ने क्रम जारि छ ।यसै बीच विहिवार बैकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत २५ बोरा चामल, ४ बोरा दाल, एक सय बिस पोका तेल र ५० प्याकेट नुन लमही नगरपालिकालाइ हस्तान्तरण गरिएको हो ।लमही नगरपालिका उपप्रमुख देबका बेल्वासे, बैकका अन्य कर्मचारीहरुको रोहवरमा लमही शाखा प्रबन्धक तुल्सीराम पौडेले लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीलाई ति खाद्यान्नका सामाग्री हस्तान्तरण गरेका हुन् ।त्यसैगरी महिला सामुदायिक वित्तीय संस्था लिमिटेड संस्था केन्द्रीय कार्यालय घोराहीले पनि लमही नगरपालिकाको विपद् व्यवस्थापन कोषमा पचाँस हजार रुपैयाँ नगद सहयोग प्रदान गरेको छ ।विहिवार महिला सामुदायिक वित्तीय संस्था लिमिटेड संस्था केन्द्रीय कार्यालय घोराहीका वरिष्ठ अधिकृत रमेश अधिकारीले लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीलाइ नगद ५० हजार हस्तान्तरण गरेका हुन् । राहत उपलब्ध गराउने दाताहरुलाई नगर प्रमुख कुल बहादुर केसीले धन्यबाद दिएका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप