Techie IT
×
गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ राप्तीमा डुबेर एकको मृत्यु

राप्तीमा डुबेर एकको मृत्यु


दाङ्ग,लमही नगरपालिका वडा नम्बर ९ कोल्तरा निवासी २६ बर्षिय राजेश खड्काको राप्ती नदिमा डुबेर मृत्यु भएको छ ।
बुधबार अपरान्ह चार बजेको समयमा राप्ती नदिमा नुहाउन गएको बेला डुबेर बेहोस भएका खड्काको लमही स्थित फ्लोरेन्स अस्पतालमा पुर्याए लगत्तै डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक खीम बहादुर घर्ती मगरले बताए ।

घर देखि आफ्नो भदै सङ्ग नुहाउन जान्छु भनेर गएका थिए । मृतक खड्काको एक श्रीमती तीन छोरी रहेका छन । खड्काको शब लमही अस्पतालमा पोष्टमार्टम पछी घरपरिवारलाई जिम्मा लगाईएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस