गृहपृष्ठ ∕ समाचार ∕ डोटीमा युवतीको गोली हानी हत्या डोटीमा युवतीको गोली हानी हत्या दीप संञ्चार चैत्र २४, २०७६ गते १५:३७ मा प्रकाशित डोटी, डोटीको जोरायल गाउँपालिका-४ देउथलामा एक युवतीको गोली हानी हत्या भएको छ । आइतबार बेलुकी करिब पाँच बजेतिर २० वर्षीया अनिता वनको गोली हानी हत्या भएको इलाका प्रहरी कार्यालय जोरायलका इन्चार्ज प्रहरी नायव निरीक्षक महेन्द्र थापाले जानकारी दिए ।मृतकको अनिताको छातीमा गोली लागेको छ । घटनामा भरुवा बन्दुकको प्रयोग भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले युवतीका श्रीमान् खड्क वनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।घटना हुँदा मृतक अनिता र श्रीमान् खडक मात्रै घरमा भएको प्रहरीले बताएको छ । घरको माथिल्लो तलामा रहेका दुई कोठामध्ये भित्र पट्टीको कोठामा घटना भएको र सोही कोठाको कुनामा भरुवा बन्दुक ठड्याएर राखिएको अवस्थामा फेला परेको इन्चार्ज थापाले बताए ।खड्कले भने आफूले गोली नहानेको बयान दिएको इन्चार्ज थापाले बताए । उनले आफू घरको तल्लो तलामा रहेको बेला एक्कासी बन्दुक पड्किएको आवाज आएको र त्यसपछि माथिल्लो कोठामा जाँदा श्रीमती ढलेको देखेको बयान दिएका छन् ।घटनाको समयमा खडककी आमा विपिनगर खडककी फुपुको घर गएको, बुबा गाउँकै माथिपट्टी रहेको पसलमा गएको र भाइ बल खेल्न गएको बताइएको छ । घरमा दुईजना मात्रै भएको समयमा घटना भएकोले श्रीमानले हत्या गरेको हुन प्रहरीको आशंका छ । घरमा राखिएको भरुवा बन्दुकसमेत अवैध रहेको प्रहरीको भनाइ छ ।यता जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख, एसपी दिलीपसिंह देउवाले पनि घटनाको विस्तृत अनुसन्धान भइरहेको बताएका छन्। घटना कसरी भयो, कसले गर्यो भन्ने विषयमा तत्काल भन्न नसकिने उनले बताए।डडेलधुराको भागेश्वर गाउँपालिका-५ बगरकोट सिराडी माइती घर भएकी अनिता र खड्कको प्रेम सम्बन्धपछि गत फागुन २९ गते विवाह भएको थियो ।स्रोत- अनलाईन खबरक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप