गृहपृष्ठ ∕ समाचार ∕ मेडिकल सामग्री लिन नेपाली ध्वजाबाहक जहाज चीनको ग्वाङजाओ प्रस्थान मेडिकल सामग्री लिन नेपाली ध्वजाबाहक जहाज चीनको ग्वाङजाओ प्रस्थान दीप संञ्चार चैत्र २०, २०७६ गते १३:३९ मा प्रकाशित काठमाडौं – छिमेकी मुलुक चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाज त्यसतर्फ प्रस्थान गरको छ । कोरोना भाइरस (कोडिभ–१९) को औषधि तथा उपकरण लिन चार्टर्ड गरिएको सो जहाज ग्वाङजाओ उडेको हो ।त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विहान ११ः३० मा उडान भरेको सो जहाज ग्वाङजाओ पुगेर आजै राति काठमाडौँ फर्कने विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए ।यसअघि बुधबार अष्ट्रेलियन र न्यूजील्याण्डका नागरिक बोकेर मलेसिया हुदैँ अष्ट्रेलियाको शहर ब्रिशवन पुगेको निगमको अर्को वाइड बडी जहाज पनि आजै राति फर्कने उडान तालिका रहेको छ । यसअघि चैत १६ गते निगमको वाइड बडी जहाजले ग्वाङ्जाओबाट करिब १३ हजार स्वास्थ्य सामग्री ल्याइएको थियो ।देश लकडाउनको अवस्थामा निगमले विभिन्न मुलुकमा चार्टर्ड तथा कार्गो उडान गरिरहेको छ । चीनका साङ्घाईलगायत गन्तब्य र श्रीलंकाको कोलम्बो उडानका लागि पनि प्रक्रिया अघि बढेको निगमले उल्लेख गरेको छ ।मलेसियन जहाजले लग्यो नेदरल्याण्डका नागरिक लकडाउनका कारण नेपालमा रोकिएका १२४ जना नेदरल्यान्डका नागरिक घर फर्किएका छन् । उनीहरु आज विहान मलेसिया एयरलाइन्सको चार्टर्ड जहाज मार्फत स्वदेश गएका हुन् । यसअघि अष्ट्रेलिया, अमेरिका तथा युरोपका फ्रान्स, जर्मीनी लगायत देशले आफ्ना नागरिकलाई जहाज चार्टर्ड गरी सम्बन्ध्ति मुलुक लगेका थिए ।निगमको वाइड बडीले अष्ट्रेलिया तथा कतार एयरवेजले अन्य मुलुकको चार्टड उडान गरेको थियो । आन्तरीकतर्फ केही हेलिकोप्टरको उद्धार उडान र नेपाली सेनाको एक कार्गो उडान हुने विमानस्थलले जनाएको छ ।राससक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल