गृहपृष्ठ ∕ राजनीति ∕ संविधान संशोधन हुन सक्छ : उपसभामुख तुम्बाहाम्फे संविधान संशोधन हुन सक्छ : उपसभामुख तुम्बाहाम्फे admin मंसीर २, २०७५ गते ७:४२ मा प्रकाशित लन्डन- बेलायत भ्रमणमा रहेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेसँग गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले अन्तरक्रिया गरेको छ। कार्यक्रममा उपसभामुख तुम्बाहाम्फेले एनआरएन नेपाली जहाँ बसे पनि एउटै आवाज रहेको बताइन्।उनले नेपालको संविधान लचकदार भएकोले जनचाहना अनुरुप संविधानको मूलमर्म नबाझिने गरी संशोधन हुनसक्ने बताइन्। उनले एनआरएनको नागरिकताको विषयलाई सम्बन्धित संसदीय समितिसम्म पुर्याउने बचन दिइन्।उनले एनआरएनको अधिकार संविधानको मर्मअनुरुप नागरिकतामा सुनिश्चित गरिने बताइन्।एनआरएन युके अध्यक्ष योगकुमार फगामीको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनआरएनए उपाध्यक्ष कुल आचार्यले नेपालबाट गैरकानुनी रुपमा बेलायत पैसा भित्रिएको बताए। उनले देशको आर्थिक विकास हुन्छ भने विदेशबाट नेपाल पैसा लैजाने प्रक्रिया सहज हुनुपर्नेमा जोड दिए।राष्ट्रिय जनमुक्ति पार्टीको उपाध्यक्ष कमला थापाले कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएन नागरिकताको सुनिश्चित नभएसम्म समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा नहुने बताइन्। उनले भूपू गोर्खाको नागरिकताकोसमेत ग्यारेन्टी हुनुपर्नेमा जोड दिइन्।पूर्वसंसद तारा राईले राजनीतिक चेतना नहुँदा राजनीतिप्रति घृणा बढेको बताइन। उनले नेपाली राजनीतिमा महिलाको भूमिका बढेको विचार राख्दै अब संसदमा पनि ५० प्रतिशत महिला हुनुपर्नेमा जोड दिइन्।अल्डरसटस्थित एम्पायर हालमा शनिवार सम्पन्न अन्तरक्रिया कार्यक्रममा संसद नविना लामाले विदेशमा बस्ने नेपालीले देशको लागि गरेको योगदानको प्रशंसा गरिन्। उनले महिलाको विकास राम्रोसँग हुन् नसके पनि राजनीतिमा महिला सहभागिता सन्तोषजनक रहेको बताइन्। विदेशमा बस्ने नेपालीमा राष्ट्रप्रतिको भावना धेरै नै पाएको बताउदै समृद्ध नेपालको अभियानमा लाग्न उनले आव्हान गरिन् ।क्याटेगोरी : राजनीति, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट