गृहपृष्ठ ∕ समाचार ∕ लकडाउन अपडेट: नेपालगन्जमा बालबालिकाहरु अलपत्र, सीएनएफएनको गम्भीर ध्यानाकर्षण लकडाउन अपडेट: नेपालगन्जमा बालबालिकाहरु अलपत्र, सीएनएफएनको गम्भीर ध्यानाकर्षण दीप जङ्ग शाह चैत्र १३, २०७६ गते १२:१४ मा प्रकाशित काठमाडौं – विश्वमै महामारीको रुप लिएको कोरोना भाइरसले नेपालमा रहेका अनाथ तथा गरिब बालबालिकाहरुमा पनि निकै ठूलो चुनौती दिएको छ । हाल केहि दिन देखि काठमाडौंबाट नेपालगन्ज पुगेका बालबालिकाहरु अलपत्र परेका छन् ।काठमाडौंको थानकोटमा रहेको गुम्बामा अध्यनरत ति बालबालिकाहरु कोरोनाको त्रासले मुगुमा रहेका उनीहरको अभिभावक सम्म पुराउन नेपालगंज पुराइएको तर देश लकडाउन हुँदा अलपत्र परेको बालबालिकाहरुको हक हितमा काम गरिरहेको बालबालिकाको निमिक्त गैर सरकारी संस्था महासंघ नेपाल(सीएनएफएन)का अध्यक्ष्य मनोज कुमार कंडेलले दीप संचार मिडियालाई बताएका छन्।अध्यक्ष्य कंडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पुर्ब गृहमन्त्री जनार्दन शर्माको फेसबुक पोस्ट र बुधबार प्रकाशित रातो पाटी अनलाइनमा प्रकाशित समाचार प्रति गम्भीर ध्यानाकार्षण भएको जनाउँदै अलपत्र बालबालिकाको छिटो भन्दा छिटो उद्धार गर्न अपिल गरेका छन्।महासंघले यस सम्बन्धमा नेपाल सरकार तथा बालबालिकाको अधिकारको लागी कार्यरत विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुलाई ध्यानाकर्षण गरेको छ । महासंघका अध्यक्ष्य मनोज कुमार कंडेलले एक विज्ञप्ति निकाल्दै सम्बधित सबैमा हार्दिक अपिल गरेका छन्।अध्यक्ष्य कंडेलद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यसरी बिभिन्न स्थानमा अलपत्र अबस्थामा रहेका ति बालबालिकालाई तुरुन्तै उद्धार गरि अस्थायी सेल्टरमा राखी उचित व्यवस्था गर्न र परिबारको पहिचान गरि तुरुन्त परिबारीक मिलनको व्यवस्था गर्न अनुरोध गर्दछौं ।’क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप