गृहपृष्ठ ∕ समाचार ∕ लकडाउन अपडेट: नेपालगन्जमा बालबालिकाहरु अलपत्र, सीएनएफएनको गम्भीर ध्यानाकर्षण लकडाउन अपडेट: नेपालगन्जमा बालबालिकाहरु अलपत्र, सीएनएफएनको गम्भीर ध्यानाकर्षण दीप जङ्ग शाह चैत्र १३, २०७६ गते १२:१४ मा प्रकाशित काठमाडौं – विश्वमै महामारीको रुप लिएको कोरोना भाइरसले नेपालमा रहेका अनाथ तथा गरिब बालबालिकाहरुमा पनि निकै ठूलो चुनौती दिएको छ । हाल केहि दिन देखि काठमाडौंबाट नेपालगन्ज पुगेका बालबालिकाहरु अलपत्र परेका छन् ।काठमाडौंको थानकोटमा रहेको गुम्बामा अध्यनरत ति बालबालिकाहरु कोरोनाको त्रासले मुगुमा रहेका उनीहरको अभिभावक सम्म पुराउन नेपालगंज पुराइएको तर देश लकडाउन हुँदा अलपत्र परेको बालबालिकाहरुको हक हितमा काम गरिरहेको बालबालिकाको निमिक्त गैर सरकारी संस्था महासंघ नेपाल(सीएनएफएन)का अध्यक्ष्य मनोज कुमार कंडेलले दीप संचार मिडियालाई बताएका छन्।अध्यक्ष्य कंडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पुर्ब गृहमन्त्री जनार्दन शर्माको फेसबुक पोस्ट र बुधबार प्रकाशित रातो पाटी अनलाइनमा प्रकाशित समाचार प्रति गम्भीर ध्यानाकार्षण भएको जनाउँदै अलपत्र बालबालिकाको छिटो भन्दा छिटो उद्धार गर्न अपिल गरेका छन्।महासंघले यस सम्बन्धमा नेपाल सरकार तथा बालबालिकाको अधिकारको लागी कार्यरत विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुलाई ध्यानाकर्षण गरेको छ । महासंघका अध्यक्ष्य मनोज कुमार कंडेलले एक विज्ञप्ति निकाल्दै सम्बधित सबैमा हार्दिक अपिल गरेका छन्।अध्यक्ष्य कंडेलद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यसरी बिभिन्न स्थानमा अलपत्र अबस्थामा रहेका ति बालबालिकालाई तुरुन्तै उद्धार गरि अस्थायी सेल्टरमा राखी उचित व्यवस्था गर्न र परिबारको पहिचान गरि तुरुन्त परिबारीक मिलनको व्यवस्था गर्न अनुरोध गर्दछौं ।’क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै