गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ सहकारीको रकम हिनामिनामा पक्राउ परेका पत्रकार गुप्ता थुनामुक्त सहकारीको रकम हिनामिनामा पक्राउ परेका पत्रकार गुप्ता थुनामुक्त प्रिया स्मृती गजमेर फागुन २३, २०७६ गते १३:३८ मा प्रकाशित दाङ्ग, दाङको राप्ती गाउँपालिका–५ सिसहनिया स्थित प्रभात बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका पत्रकार सन्तोषकुमार गुप्तालाई दाङ देउखुरी जिल्ला अदालतले थुनामुक्त गरेको छ ।संस्थाका ऋण उपसमितिका संयोजक रहेका पत्रकार गुप्तालाई अदालतका २ नम्बर इजलासका न्यायधीश हिमलाल बेल्बासेको एकल इजलाशले दोषी ठहर गर्ने कुनै अाधार नभएको भन्दै सफाई दिदै थुनामुक्त गर्ने फैसला गरेको हो । पत्रकार गुप्तालाई संस्थाको ६६ लाख रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको अारोप लागेको थियो ।रकम हिनामिना गरेको आरोप लागेपछि पत्रकार गुप्तालाई २०७५ साल कार्तिक २३ गते ईलाका प्रहरी कार्यालय भालुबाङले पक्राउ गरेको थियो । पक्राउ परेका पत्रकार गुप्तालाई मंसिर ३ गते तत्कालीन न्यायाधिश श्यामलाल घिमिरेले पुर्पक्षमा राखेर अनुसन्धान गर्ने अादेश गरेका थिए ।करिव १६ महिना जिल्ला कारागार कार्यालय घोराही बसाइँ पछि फागुन २२ गते बिहीबार जिल्ला न्यायाधीश बेल्वासेको एकल इजलासले गुप्तालाई सफाई दिएको हो । यता संस्थाका व्यवस्थापक रमिता चाैधरीलाई भने अदालतले दोषी ठहर गर्दै एक महिना भित्र कैद जरिवानाको सुनवाई गर्ने अदालतका श्रेस्तेदार प्रेमनारायण पराजुलीले जानकारी दिएका छन् ।सहकारी संस्थाका अध्यक्ष,उपाध्यक्ष र कोषाध्यक्षको किटानी जाहेरीका आधारमा सहकारी संस्थाका ऋण समितिका संयोजक गुप्ता र त्यसको केही समय पछि व्यवस्थापक चाैधरीलाई इलाका प्रहरी कार्यालय भालुवाङले पक्राउ गरेको थियोे ।हाल रकम हिनामिना गरेको आरोप लागेका रमिताका श्रीमान तथा संस्थाका पुर्व सचिव बसन्तकुमार चौधरी भने अहिले पनि फरार रहेका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल