गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ महाशिवरात्रीको अवशरमा दाङ्गको टेङ्नैयामा मेला लाग्ने महाशिवरात्रीको अवशरमा दाङ्गको टेङ्नैयामा मेला लाग्ने प्रिया स्मृती गजमेर फागुन ५, २०७६ गते १७:२२ मा प्रकाशित दाङ्ग, लमही नगरपालिका वडा नम्बर ८ स्थित टेङ्नैया बाबा धार्मिक बिकास क्षेत्र जाने बाटोमा पर्ने खाल्डा खुल्डी पुर्ने कार्य र सरसफाई गरिएको छ ।शिवशक्ति बाख्रा सामुदायिक बन उपभोक्ता समुहका बन हेरालु गिर बहादुर पुरीको नेतृत्वमा उच्चानिम्बुका ३० जना उपभोक्ताहरुको सहयोगमा बाटो सरसफाइ गरिएको हो । पुर्बपश्चिम राजमार्ग देखि करिब चार किलो मिटर उत्तर तर्फ खोलाको तिरमा यो गुफा रहेको छ ।खासगरी त्यो गुफाको प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । त्यस्तै सम्बन्धित निकायको पनि त्यो क्षेत्रमा ध्यान नजानुले विकास हुन नसकेको स्थानिय देवा नेपालीले बताईन । यहि बर्ष मात्र लमही नगरपालिकाले त्यस क्षेत्रको बिकासका लागि डेढ लाख र वडा नं ८ ले २९ हजार रुपैया छुट्टाएको छ ।त्यस्तै गुफाको वरिपरी तटबन्धन गर्नका लागि देउखुरी डिभिजन बन कार्यालय लमहीले दुई लाख दिएको छ । अहिले त्यो दुई लाखबाट त्यहाँ तटबन्धनको काम भैरहेको छ । पर्यटन बर्ष २०२० लाई लक्षित गरेर यहि फागुन ९ गते टेङ्नैया बाबा धार्मिक बिकास समितिले सांस्कृतिक मेलाको आयोजना गर्न लागेको संस्थाका सचिव यादब नाथ योगीले बताए ।उक्त सांस्कृतिक कार्यक्रममा रास्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुति रहने सचिव योगीको भनाई छ । टेङ्नैया बाबा गुफालाई जब सम्म सडक संजालसंग जोड्न सकिदैन तब सम्म त्यहांको बिकास हुन् सक्दैन वडा नम्बर ८ का वडाध्यक्ष मेघ नारायण चौधरीले भने ।यो आर्थिक बर्षमा हामीले सानो आकारको बजेट छुट्टाएका छौ र अर्को बर्ष फेरी छुट्टाउने छौ लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले बताए ।नगरपालिका भित्रका यस्ता महत्वपूर्ण स्थलहरुको संरक्षण गर्दै देश बिदेशमा चिनाउने र बाह्य पर्यटकलाई भित्राउने नगरपालिकाको लक्ष्य रहेको छ प्रमुख केसीले भने ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप