गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ महाशिवरात्रीको अवशरमा दाङ्गको टेङ्नैयामा मेला लाग्ने महाशिवरात्रीको अवशरमा दाङ्गको टेङ्नैयामा मेला लाग्ने प्रिया स्मृती गजमेर फागुन ५, २०७६ गते १७:२२ मा प्रकाशित दाङ्ग, लमही नगरपालिका वडा नम्बर ८ स्थित टेङ्नैया बाबा धार्मिक बिकास क्षेत्र जाने बाटोमा पर्ने खाल्डा खुल्डी पुर्ने कार्य र सरसफाई गरिएको छ ।शिवशक्ति बाख्रा सामुदायिक बन उपभोक्ता समुहका बन हेरालु गिर बहादुर पुरीको नेतृत्वमा उच्चानिम्बुका ३० जना उपभोक्ताहरुको सहयोगमा बाटो सरसफाइ गरिएको हो । पुर्बपश्चिम राजमार्ग देखि करिब चार किलो मिटर उत्तर तर्फ खोलाको तिरमा यो गुफा रहेको छ ।खासगरी त्यो गुफाको प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । त्यस्तै सम्बन्धित निकायको पनि त्यो क्षेत्रमा ध्यान नजानुले विकास हुन नसकेको स्थानिय देवा नेपालीले बताईन । यहि बर्ष मात्र लमही नगरपालिकाले त्यस क्षेत्रको बिकासका लागि डेढ लाख र वडा नं ८ ले २९ हजार रुपैया छुट्टाएको छ ।त्यस्तै गुफाको वरिपरी तटबन्धन गर्नका लागि देउखुरी डिभिजन बन कार्यालय लमहीले दुई लाख दिएको छ । अहिले त्यो दुई लाखबाट त्यहाँ तटबन्धनको काम भैरहेको छ । पर्यटन बर्ष २०२० लाई लक्षित गरेर यहि फागुन ९ गते टेङ्नैया बाबा धार्मिक बिकास समितिले सांस्कृतिक मेलाको आयोजना गर्न लागेको संस्थाका सचिव यादब नाथ योगीले बताए ।उक्त सांस्कृतिक कार्यक्रममा रास्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुति रहने सचिव योगीको भनाई छ । टेङ्नैया बाबा गुफालाई जब सम्म सडक संजालसंग जोड्न सकिदैन तब सम्म त्यहांको बिकास हुन् सक्दैन वडा नम्बर ८ का वडाध्यक्ष मेघ नारायण चौधरीले भने ।यो आर्थिक बर्षमा हामीले सानो आकारको बजेट छुट्टाएका छौ र अर्को बर्ष फेरी छुट्टाउने छौ लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले बताए ।नगरपालिका भित्रका यस्ता महत्वपूर्ण स्थलहरुको संरक्षण गर्दै देश बिदेशमा चिनाउने र बाह्य पर्यटकलाई भित्राउने नगरपालिकाको लक्ष्य रहेको छ प्रमुख केसीले भने ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै