गृहपृष्ठ ∕ समाचार ∕ कोरोना अपडेट : चीनको वुहानबाट १ सय ७५ नेपालीलाई लिएर काठमाडौंको लागि जहाज उड्यो कोरोना अपडेट : चीनको वुहानबाट १ सय ७५ नेपालीलाई लिएर काठमाडौंको लागि जहाज उड्यो दीप संञ्चार फागुन ३, २०७६ गते २३:०९ मा प्रकाशित हुवान – चीनको वुहानबाट १ सय ७५ नेपालीलाई लिएर नेपाल एयरलाइन्सको जहाज काठमाडौंको लागि उडेको छ।कोरोनाभाइरसको उद्गमस्थल वुहानमा उद्दारको पर्खाइमा रहेका नेपालीलाई लिन नेपाल एयरलाइन्सको जहाज शनिबार अपरान्ह ४ बजे वुहान प्रस्थान गरेको हो।जहाज आइतबार बिहान सवा दुई बजे अवतरण गर्ने भनेपनि केही ढिलाइ हुने भएको छ।नेपालले वुहानमा रहेका १ सय ८५ नेपालीलाई स्वदेश लाउन लागेको भएपनि ६ जना स्वास्थ्यको कारण उतै रोकिएको र बाँकी ४ जनाले उतै बस्न चाहेका हुन्। यसबारे दूतावासले केहीबेरमा विज्ञप्ती जारी गर्दैछ।नेपालबाट उद्दारको लागि जहाज आउने भएपछि हुबेई प्रान्तमा रहेका नेपालीहरु दिउँसै राजधानी वुहानमा जम्मा भएका थिए।वुहानबाट ल्याइने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रको भवनमा राखिनेछ। जहाजका पाइलटसहित अन्य सदस्यलाई भने चाँगुनारायण नगरपालिका-६, नगरकोटको खानेपानी तालिम केन्द्रमा राखिनेछ।जहाजमा ३ जना पाइलट, ६ जना क्याबिन क्रू, ४ जना नेपाली सेनाका चिकित्सक र एकएक जना इन्जिनियर र लोडमास्टर छन्क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप