गृहपृष्ठ ∕ समाचार ∕ ‘वित्तीय जागरण अभियान’ मा मुक्तिनाथ विकास बैंक ‘वित्तीय जागरण अभियान’ मा मुक्तिनाथ विकास बैंक दीप संञ्चार माघ २१, २०७६ गते १३:२५ मा प्रकाशित काठमाडौं– मुक्तिनाथ विकास बैंकले यही माघ १५ गतेबाट वित्तीय जागरण अभियान धादिङ्ग जिल्लाबाट शुरुवात गरेको छ । कार्यक्रमअन्तर्गत बैंकले गल्छी गाँउपालिका वडा नं ९ बैरेनी स्थित गाउँपालिका भवनमा गरेको थियो ।त्यसैगरी, बैंकले माघ १७ गते डिल्ली सावित्री माध्यमिक विद्यालय धुनीवेशी ९ धार्केमा वित्तीय जागरण कार्यक्रम गरेको थियो ।दुवै कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने, लघुवित्त कार्यक्रममा केन्द्रको व्यवस्थापन, अधिक र अनुत्पादक कर्जा लिँदाका बेफाइदाहरु, उपयुक्त व्यवसाय छनौट,व्यवसायीक योजना, सफल उद्यमीका विशेषताहरु, बचत, कर्जा, बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराउने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।कार्यक्रममा १ सय ७० जना ग्राहकहरुको सहभागीता रहेको थियो। उक्त कार्यक्रममा बैंकसँग कारोवार गर्ने उत्कृष्ट ग्राहकहरु तथा उत्कृष्ट केन्द्रहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो ।मुक्तिनाथ विकास बैंकले ‘आजकोे आवश्यकता, सबैमा वित्तिय साक्षरता’ भन्ने आशय सहित समुदाय र विद्यालय स्तरीय वित्तिय साक्षरता कार्यक्रम सँगसँगै वित्तिय जागरण कार्यक्रमलाई समेत अभियानकै रुपमा अन्य जिल्लाहरुमा पनि सञ्चालन गर्ने योजना बनाएको जनाएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल