Techie IT
×
गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ सडक डिभिजन प्रमुखलाई कालोमोसो

सडक डिभिजन प्रमुखलाई कालोमोसो


दाङ्ग, सडक निर्माणको काममा ढिलासुस्ती गरेको भन्दै विप्लव समुहका कार्यकर्ताले कार्यकक्षमै गएर सडक डिभिजन कार्यालय दाङका प्रमुख जितेन्द्र चौधरीलाई कालोमोसो दलेको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले सडक डिभिजन प्रमुख चौधरीलाई विप्लव समुहले कालोमोसो दलेको बताए ।
घटनास्थलबाट प्रहरीले जिल्ला जनपरिषद दाङ्ग लेखिएको ब्यानर बरामद गरेको छ । कालोमोसो दल्ने विप्लव समुहलाई प्रहरीले खोजि गरिरहेको छ ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस