गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ नेत्रसहायकहरुको पठनपाठलाई कसरी व्यवस्थित गर्ने बारे छलफल नेत्रसहायकहरुको पठनपाठलाई कसरी व्यवस्थित गर्ने बारे छलफल प्रिया स्मृती गजमेर पुस २३, २०७६ गते १७:४८ मा प्रकाशित दाङ्ग, नेपाल नेत्रज्योति सँघ दाङ र राप्ति प्राबिधिक शिक्षालय लालमटीया बिच आज बुधवार लमहीमा परार्मश बैठक सम्पन्न भएको छ ।नेपाल नेत्रज्योति सँघ दाङ शाखाका सभापति कृष्णकुमार गिरीको अध्यक्षतामा सम्पन्न बैठकमा नेपाल नेत्रज्योति सँघ दाङ र राप्ति प्राबिधिक शिक्षालयको सहकार्यमा सचालित अप्थाल्मिक साईन्स नेत्रसहायकहरुको पठनपाठलाई कसरी थप ब्यबस्थित र मर्या्दित बनाउनुका साथै दिर्घकालिन रुपमा निरन्तरता दिन के गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो ।कार्यक्रममा राप्ति प्राबिधिक शिक्षालय र नेपाल नेत्रज्योति सँघका पदाधिकारी तथा प्रशासकहरुद्धारा अन्तर जिल्लाका अस्पतालहरुमा केहि समय अघि गरिएको अबलोकन भ्रमणको उपलब्धिबारे छलफल भएको थियो । भ्रमणको उपलब्धिबारे बरिष्ठ प्रशासकिय अधिकृत शम्सेर थापाले जानकारी गराए ।सो अबसरमा राप्ति प्राबिधिक शिक्षालयका प्रमुख मोतिलाल चौधरीले नेपाल नेत्रज्योति सँघ र राप्ति प्राबिधिक शिक्षालयको सहकार्यतालाई थप प्रभाबकारी बनाई अघि बढ्न जरुरी रहेको बताए ।बैठकमा चिफ मेडिकल डाईरेक्टर सुलक्ष्मी कटुवाल, नेपाल नेत्रज्योति सँघ प्रदेश पाँचका कोषाध्यक्ष लिला शाह, सल्लाहकार उमाकान्त पन्त, जिल्ला उपसभापति रशेम बहादुर खड्का , सहकोषाध्यक्ष घनश्याम सुबेदी, नेपाल नेत्रज्योति सँघका सचिब सुरेन्द्र खड्का सुचना अधिकारी बालाराम खड्का सहित अस्पतालका अन्य पदाधिकारीहरुको पनि सहभागिता रहेको थियो ।क्याटेगोरी : स्वास्थ्य, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तियस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढी धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट