गृहपृष्ठ ∕ समाचार ∕ नेपाल चेम्बर अफ कमर्सको कतार प्रतिनिधिमा चौलागाई नियूक्त नेपाल चेम्बर अफ कमर्सको कतार प्रतिनिधिमा चौलागाई नियूक्त दीप जङ्ग शाह पुस १९, २०७६ गते १६:४६ मा प्रकाशित दोहा – नेपाल चेम्बर अफ कमर्सको कतार प्रतिनिधिमा नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाई नियुक्त भएका छन् ।नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बिहीबार चौलागाईलाई कतार प्रतिनिधिको प्रमाणपत्र (अनररी ट्रेड रिप्रिजेन्टिभ सर्टिफिकेट) हस्तान्तरण गरेका हुन् । नेपाल र कतारका व्यवसायीहरुबीच सम्बन्ध स्थापित गर्नुका साथै कतारी व्यवसायीहरुको लगानी स्वदेशमा ल्याउनका लागि चौलागाईको नियुक्तिसँगै सहज हुने अपेक्षा गरिएको चेम्बर अफ कमर्सले जनाएको छ ।नेपाल चेम्बर अफ कमर्स समग्र नेपाली व्यवसायीहरुको साझा संस्था हो । यसले नेपाली व्यवसायी तथा व्यापार विस्तारमा सहजीकरण गर्दै आएको छ । दुई वर्ष अगाडि कतारमा व्यवसाय गरिरहेका नेपाली व्यवसायीहरु संगठित भएर नेपाली व्यवसायी संघ कतारको स्थापना गरेका थिए ।कतारमा रहेका व्यवसायी र नेपालका व्यवसायीहरुबीच पुलको काम गर्नका लागि अव धेरै सहज हुने अध्यक्ष चौलागाईले बताए । उनले भने, ‘नेपालका व्यवसायी र कतारी व्यवसायीसँगको सम्बन्ध स्थापित गर्न अबबाटो खुलेको छ ।’प्रमाणपत्र हस्तान्तरणमा संघका सचिव उमेश अधिकारीको पनि उपस्थिती रहेको थियो । नेपाली व्यवसायी संघले आगामी जनवरी ३१ मा पहिलो महाधिबेशन गर्दैछ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल