गृहपृष्ठ ∕ समाचार ∕ नेपाल चेम्बर अफ कमर्सको कतार प्रतिनिधिमा चौलागाई नियूक्त नेपाल चेम्बर अफ कमर्सको कतार प्रतिनिधिमा चौलागाई नियूक्त दीप जङ्ग शाह पुस १९, २०७६ गते १६:४६ मा प्रकाशित दोहा – नेपाल चेम्बर अफ कमर्सको कतार प्रतिनिधिमा नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाई नियुक्त भएका छन् ।नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बिहीबार चौलागाईलाई कतार प्रतिनिधिको प्रमाणपत्र (अनररी ट्रेड रिप्रिजेन्टिभ सर्टिफिकेट) हस्तान्तरण गरेका हुन् । नेपाल र कतारका व्यवसायीहरुबीच सम्बन्ध स्थापित गर्नुका साथै कतारी व्यवसायीहरुको लगानी स्वदेशमा ल्याउनका लागि चौलागाईको नियुक्तिसँगै सहज हुने अपेक्षा गरिएको चेम्बर अफ कमर्सले जनाएको छ ।नेपाल चेम्बर अफ कमर्स समग्र नेपाली व्यवसायीहरुको साझा संस्था हो । यसले नेपाली व्यवसायी तथा व्यापार विस्तारमा सहजीकरण गर्दै आएको छ । दुई वर्ष अगाडि कतारमा व्यवसाय गरिरहेका नेपाली व्यवसायीहरु संगठित भएर नेपाली व्यवसायी संघ कतारको स्थापना गरेका थिए ।कतारमा रहेका व्यवसायी र नेपालका व्यवसायीहरुबीच पुलको काम गर्नका लागि अव धेरै सहज हुने अध्यक्ष चौलागाईले बताए । उनले भने, ‘नेपालका व्यवसायी र कतारी व्यवसायीसँगको सम्बन्ध स्थापित गर्न अबबाटो खुलेको छ ।’प्रमाणपत्र हस्तान्तरणमा संघका सचिव उमेश अधिकारीको पनि उपस्थिती रहेको थियो । नेपाली व्यवसायी संघले आगामी जनवरी ३१ मा पहिलो महाधिबेशन गर्दैछ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै