गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ महिला सामुदायिकद्धारा विमा रकम प्रदान महिला सामुदायिकद्धारा विमा रकम प्रदान प्रिया स्मृती गजमेर पुस १८, २०७६ गते १६:३३ मा प्रकाशित दाङ्ग, महिला सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय जुगार रोल्पाले सडक दुर्घटनामा मृत्यु भएका सेवा ग्राहीका परिवारलाई करिव १६ लाख विमा करम प्रदान गरेको छ ।संस्थाले त्रिवेणी गाउँपालिका ४ छेपको २७ नम्वर समुहका स्वर्गिय सदस्य इन्द्रा घर्तीको परिवारलाई १५ लाख ९६ हजार विमा रकम प्रदान गरेको हो । गाउँपालिकाका अध्यक्ष सान्तकुमार वलीको अध्यक्षतामा भएको कार्यक्रममा विमा रकम बुझ्दै इन्द्राका श्रीमान विजय बहादुर घर्तीले आफुलाई समस्या परेको वेला प्रदान गरिएको रकमले आफ्नो जिवनलाई थोरै भए पनि सजिलो हुने बताए ।त्यसैगरी स्वर्गिय इन्द्राकी छोरी रेखाले आमालाई कुनै वस्तुसंग तौल गर्न नमिले पनि विमा रकमले आफ्नो पढाइमा सहयोग पुग्ने भन्दै संस्थालाई धन्यवाद दिएकि छन् ।संस्थाका कनिष्ठ अधिकृत गगन योगीको स्वागत मन्तब्यबाट सुरु भएको रमक प्रदान कार्यक्रममा संस्थाका बरिष्ठ प्रबन्धक लोकमणी रेग्मीले संस्थाले प्रदान गरेको रकमलाई बढी भन्दा बढी सदुपयोग गर्न पीडित परिवारलाई आग्रह गरे । कार्यक्रममा प्रबन्धक रेग्मीले संस्थाले लघु वित्त मार्फत हाल सम्म ५५ हजार परिवारलाई सेवा प्रदान गर्दै आइ रहेको जनाकारी गराए ।कृर्षी, पशु पालन तथा अन्य व्यवसायका लागि संस्थाले प्रदान गर्दै आइरहेको शिप तथा रकमलाई प्रभावकारी रुपमा प्रयोग गर्न सेवाग्राहीलाई रेग्मीले आग्रह गरेका छन् । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सान्तकुमार वलीले विमा रकम प्रदान गर्दै रकमलाई शिक्षामा लागानी गर्न प्राथमिकता दिन सुझाव दिए ।कार्यक्रममा वडा नम्वर ५ का अध्यक्ष कृष्णबहादुर केसी, संस्थाका ग्राहक सेवा बिभाग प्रमुख यमला गौतम लगाएतले बोलेका थिए । कार्यक्रमको सहजिकरण शाखा प्रमुख केशव शर्माले गरेका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल