गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ टेङ्नैया बाबा धाममा गौशाला टेङ्नैया बाबा धाममा गौशाला प्रिया स्मृती गजमेर पुस १६, २०७६ गते १७:१० मा प्रकाशित दाङ्ग, लमही नगरपालिका वडा न ८ को शिबशक्ती बाख्रा बिकास सामुदायिक बन उपभोक्ता समितिले टेङ्नैया बाबामा गौशाला सन्चालनमा ल्याएको छ ।गाउँ घरमा छाडारुपमा छोडिएका गाईगोरुलाई स्याहार गर्ने उद्देश्यका साथ सामुदायिक बन उपभोक्ता समितिले गौशालाको निर्माण गरेको हो । सडक÷बाटोमा छाडारुपमा रहेका ११ वटा गाईगोरुलाई बुधबार देखि गौशालामा राखिएको शिबशक्ती सामुदायिक बनका अध्यक्ष जनक बुढाले बताए ।ती गाईगोरुको लागि अहिले गाउँघरबाट घाँस पराल संकलन गरेर राखिएको छ । अहिले स्थानिय स्रोत साधन प्रयोग गरेर गौशाला निर्माण गरिएको छ । स्वर्गद्वारी आश्रमबाट आएका एक जना पुजारी ( धन बहादुर बैजाली घर्ती ) ले ती गाईगोरुको रेखदेख गर्ने अध्यक्ष बुढाले बताए ।टेङ्नैया धार्मिक बिकास क्षेत्रका अध्यक्ष डिल्ली बहादुर खड्काका अनुशार यस क्षेत्रको स्तर उन्नतिका लागि धेरै काम गर्न बाकी रहेको छ । जम्मै नेताहरु आउने र आश्वासन मात्र दिएर जाने गर्छन तर बिकासको लागि गम्भीर कोहि हुँदैनन खड्काले भने ।पाण्डबहरु उत्तरापन्त जाने क्रममा टेङ्नैयामा बाँस बसेर दाङको धारापानी हुँदै प्युठानको स्वर्गद्वारी भएर स्वर्ग गएको धार्मिक जनबिस्वास रहि आएको संस्थाका सचिव यादबनाथ योगीले बताए ।साथै टेङ्नैया बाबाको धाममा गएर मनले चिताएको मागे अबस्य पूरा हुने स्थानिय बताउँछन् । टेङ्नैया बाबा धामको चौतर्फी बिकास गर्न सके दाङकै एक प्रसिद्ध पर्यटकिय स्थल बन्ने स्थानिय दिक्पाल योगीको भनाई छ ।।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल