गृहपृष्ठ ∕ समाचार ∕ नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच दुई बुँदे सहमति नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच दुई बुँदे सहमति दीप संञ्चार पुस ३, २०७६ गते ६:३७ मा प्रकाशित काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच बुधबार दुई बुँदे सहमतिमा हस्ताक्षर भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई दलका नेताहरुबीच भएको वार्तापछि माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका क्रममा चार सिटका लागि सहमति भएको छ ।सहमति अनुसार प्रदेश नम्बर २ को राष्ट्रिय सभा निर्वाचनका लागि रिक्त हुने स्थानमध्ये अन्य पुरुष समूह र अपांगत भएका व्यक्ति वा अल्पसंख्यक समूहको दुई स्थानमा राजपाका उम्मेदवारलाई नेकपाले सहयोग गर्ने भएको छ। त्यसैगरी महिला र दलित पुरुष समूहको दुई स्थानमा राजपा नेपालले नेकपालाई सघाउने भएको छ ।दुई दलबीच राष्ट्रिय राजनीतिका विषयमा नियमितरुपमा छलफल गर्ने र सहकार्यलाई अघि बढाउने अर्को सहमति पनि भएको छ । सहमतिपत्रमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा राजपा अध्यक्षमण्डलका अध्यक्ष राजेन्द्र महतोले हस्ताक्षर गरेका छन् ।आगामी फागुन २० गतेसदेखि राष्ट्रिय सभाका १९ जना सदस्यहरुको दुई वर्षे कार्यकाल सकिँदैछ। त्यसका लागि माघ ९ गते निर्वाचन हुने तालिका सार्वजनिक भइसकेको छ । रिक्त १९ मध्ये एकजना चाहिँ राष्ट्रपतिबाट मनोनित हुनेछ ।स्रोत – थाहा खबरक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ