गढवा खानेपानीको भवन शिलान्यास
दुख हरण यादव
दाङ्ग, देउखुरीको गढवामा रहेको गढवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितीको भवन सोमबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ ।
प्रदेश नं ५ का सांसद इन्द्रजित थारु तथा गढवा गाउ पालिकाको अध्यक्ष सहजराम यादवले सो भवन निर्माणको लागि शिलान्यास गरेका हुन् ।
भवन निर्माणका लागि गढवा गाउँ पालिका स्थित सर्बोदय सामुदायिक बनले गढवा खानेपानीलाई जग्गा उपलब्ध गराएको हो ।
हाल गढवा खानेपानीको ट्यांकी रहेको स्थानमा रहेको करिब ३ कट्ठा क्षेत्रफल रहेको जग्गामा काउन्टर,प्रशासन कक्ष,सभा हल,प्राबिधिक कक्ष,स्टोर रुम,लेखा कक्ष गरि ६ कोठे भवन निर्माण कार्य यहि आर्थिक बर्षभित्र सम्पन्न हुने गरि काम गरिने गढवा खानेपानीका अध्यक्ष लेखबहादुर थापाले बताए ।
भवन निर्माणको लागि जिल्ला खानेपानी डिभिजन कार्यालयले ३५ लाख रुपैया आर्थिक सहयोग गर्ने भएको र प्राबिधिक स्टिमेट अनुसार अपुग रकम गढवा गाउँ पालिकाबाट सहयोग माग गर्ने अध्यक्ष थापाले बताए ।
शिलान्यास कार्यक्रममा बोल्दै प्रदेश ५ का सांसद थारुले गढवा क्षेत्रमा ३ लाख लिटर क्षमता रहेको खानेपानी आयोजनाले जनताको स्वास्थ्य लाई मध्येनजर गर्दै खानेपानीको शुद्धतामा सधै ध्यान दिनु पर्ने बताए ।
त्यसै गरि विशिष्ट अथिती गढवा गाउँ पालिकाका अध्यक्ष सहज राम यादवले शिक्षा,स्वास्थ्य ,बिद्धुत सडकको बिकाश संगै गढवामा यहाका बासिन्दा लाई शुद्ध खानेपानीको प्रवाह गर्नु र खानेपानी कार्यालय लाई ब्यवस्थित बनाउन भवन निर्माणको कार्य अगाडि बढाउनु गढवाको बिकाशमा एक खुड्किलो थापिएको बताउदै निर्माण कार्य समयमै गुणस्तर तथा पारदर्शी तरिकाले सम्पन्न गर्न आग्रा गरे ।
शिलान्यास कार्यक्रममा गढवा गाउँपालिका वडा न ५ का अध्यक्ष प्रकाश भण्डारी,६ का अध्यक्ष बाल चन्द्र हमाल,गढवा खानेपानीका संस्थापक अध्यक्ष मोहन कुमार पाण्डे, दक्षिण देउखुरी अधिकार मन्चका अध्यक्ष देव राज कुवर,समाजसेवि राम प्रसाद गैरे,तेज प्रसाद न्यौपाने,कपिलदेव खनाल,जगतराम यादव,सन्तराम यादव,वीर बहादुर आले,पत्रकार शिव राज पन्थी र दुख हरण यादव लगायतको सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार, प्रदेश ५
धेरै पढिएका
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस