गृहपृष्ठ ∕ समाचार ∕ सल्यानमा सरकारी गाडी नेकपाद्वारा दुरुपयोग सल्यानमा सरकारी गाडी नेकपाद्वारा दुरुपयोग प्रिया स्मृती गजमेर मंसीर १४, २०७६ गते ७:१८ मा प्रकाशित दाङ्ग, सल्यानको कुमाख गाँउपालिकाका अध्यक्षले प्रयोग गर्ने सरकारी गाडीको दुरुपयोग भएको छ । सल्यानको कुमाख गाँउपालिका अध्यक्ष दिलमाया बुढा चढ्ने बा २ झ ४२४६ नम्बरको सरकारी गाडी सहित ७र८ वटा सरकारी मोटरसाईकल प्रयोग गरी गएराती प्रचार प्रसार गरिएको छ ।नेकपाका कार्यकर्ताले सरकारी नम्बर प्लेट भएका ५÷७ वटा मोटरसाईकल र गाडी साँझ ७ बजे मतदाता भड्काउने नेकपालाई भोट हाल्नु भन्न लगाउने उद्देश्यले गाँउ प्रवेश गरेको नेपाली कांग्रेस सल्यानका सभापती गणेश चन्दले बताए ।उनीहरु आचार संहिता उलंघन गरेर गएको देखे पछी कांग्रेसका कार्यकर्ताले पछ्याउदै गएको र कांग्रेसका कार्यकर्ताले आफुहरुलाई पछ्याउदै आएको देखेर उनीहरु राति ९ बजे फर्किएको सभापती चन्दले बताए ।आचारसंहिता उलंघन भएको हामीले सिडियो, सल्यान प्रहरी प्रमुख,निर्वाचन कार्यालय प्रमुख समेतलाई जानकारी गरायौ तर सुनुवाई भएन त्यसैले यहाँ प्रहरीको पनि मिलेमतो रहेको हाम्रो आशंका छ सभापति चन्दले भने ।यता यो बिषयमा सल्यान प्रहरी प्रबक्ता ढकेंद्र खतिवडासंग बुझ्दा सरकारी गाडी प्रचारमा प्रयोग नभएको र सुरक्षाका हिसाबले सबै सरकारी गाडी प्रहरी कार्यालय मै राखिएको प्रतिक्रिया दिए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल