गृहपृष्ठ ∕ समाचार ∕ सेनाका जवान कँडेलको प्रहरी हिरासतमा रहस्यमय मृत्यु, फिस्लिङ बजार तनावपूर्ण सेनाका जवान कँडेलको प्रहरी हिरासतमा रहस्यमय मृत्यु, फिस्लिङ बजार तनावपूर्ण दीप संञ्चार मंसीर १, २०७६ गते २१:१४ मा प्रकाशित काठमाडौँ – मुग्लिन निवासी नेपाल सेनाका जवान राम कँडेलको प्रहरी हिरासतमा रहस्यमय मृत्यु भएको छ । चितवनस्थित अस्थाई प्रहरी पोष्ट फिस्लिङको हिरासतमा कँडेलको मृत्यु भएको हो ।इच्छाकामना मेलाबाट फर्कने क्रममा गाडीमा प्रहरी जवान ठाकुर ढकालसँग कँडेलको सामान्य विवाद भएपछि उनलाई फिस्लिङको कार्यालय भित्र लगिएको थियो ।कँडेलको प्रहरी जवान ढकालसँग हात हालाहाल समेत भएको र त्यसपछि जवान ठाकुरले प्रहरी पोस्ट भित्र लिएर गएका थिए ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पोस्टभित्र गएपछि कँडेल शौचालय गएको र लामो समयसम्म नआएपछि हेर्न जाँदा प्रहरी भवनको दुई तला माथिबाट तल खसेर घाइते भएको अवस्थामा फेला परेका थिए ।घाइते अवस्थामा भेटिएका कँडेलाई तत्कालै कुरिनटारस्थित सशस्त्र प्रहरीको ट्रमा सेन्टरमा उपचारका लागि लगिएको थियो । सामान्य उपचारपछि कँडेललाई थप उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीको दावी छ ।आइतबार दिउँसो प्रहरी नियन्त्रणमा रहेका कँडेलको रहस्यमय मृत्यु भएपछि फिस्लिङ बजारको अवस्था तनावपूर्ण भएको छ । अहिले पनि स्थानीयले प्रहरी पोस्टमा ढुङ्गामुढा गर्नुका साथै सडक अवरुद्ध पारेका छन् ।यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप