गृहपृष्ठ ∕ राजनीति ∕ प्रहरीविरुद्ध आन्दोलनमा उत्रिने काफ्लेको चेतावनी, नेविसङ्घको विरोध जुलुसमा प्रहरी हस्तक्षेप प्रहरीविरुद्ध आन्दोलनमा उत्रिने काफ्लेको चेतावनी, नेविसङ्घको विरोध जुलुसमा प्रहरी हस्तक्षेप दीप संञ्चार मंसीर १, २०७६ गते २०:५६ मा प्रकाशित काठमाडौं । लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका नेपाली भूभाग भारतीय नक्सामा गाभिएको विरोधमा नेपाल विद्यार्थी सङ्घले राजधानीमा निकालेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ ।नेविसंघका कार्यकर्ताहरु भारतले जारी गरेको नयाँ राजनीतिक नक्साको विरोध गर्न लैनचौरस्थित भारतीय दूतावास पुगेका थिए ।दूतावास अगाडि विरोध प्रदर्शन गर्दै नेपालको नक्सा कोरिएको कालो ब्यानर उडाएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीको कुटाइबाट घाइते भएका विद्यार्थी नेता कृष्ण पुडासैनीको टाउकोमा सात टाँका लगाइएको सङ्घका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले जानकारी दिए ।पक्राउ पर्ने विद्यार्थी नेताहरुमा नवराज त्रिपाठी, मनिस सिंखडा, दीपक ओझा, सरोज थापा, सन्तोष पाण्डे, दीपेश ओली रहेका उनले बताए । पक्राउ परेकालाई तत्काल रिहा नगरे प्रहरी प्रशासन विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी काफ्लेले दिए ।राष्ट्रियताका सवालमा नेविसङ्घले कसैसँग कहिल्यै सम्झौता नगर्ने भन्दै काफ्लेले भारतीय विस्तारवाद विरुद्धको आन्दोलन जारी रहने बताए।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप