गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ तरुण दलद्वारा बाँके बन्दको आह्वान तरुण दलद्वारा बाँके बन्दको आह्वान दीप संञ्चार कात्तिक २९, २०७६ गते ११:४१ मा प्रकाशित काठमाण्डौ, नेपाल तरुण दलले शुक्रबार बाँके जिल्ला बन्द गराएको छ ।आफ्ना नेता-कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विरोधमा तरुण दलले गरेको बन्दका कारण बाँकेको जनजीवन प्रभावित बनेको छ ।केहि दिन अघि हतियारसहित पक्राउ परेको भनिएका नेपालगञ्ज नगरसभापति सन्दीपजंग शाहलाई रिहा गर्न माग गर्दै तरुण दलले बन्द आह्वान गरेको हो ।प्रहरीले शाहको साथबाट हतियार बरामद भएको भने पनि तरुण दलले त्यो हतियार प्रहरीकै भएको र आफ्ना कार्यकर्ताहरुलाई फसाउने झूठो आरोप लगाइएको दाबी गर्दै आएको छ ।तरुण दल नेपालगञ्ज नगरसभापति सन्दीपजंग शाहसहित राघव शाह, माधव नेपाली, जयबहादुर बुढा र प्रितम थापामगरलाई कोहलपुरका डिएसपी हेमबहादुर शाही नेतृत्वको टोलीले यही कात्तिक १४ गते बाँकेको जानकी गाउँपालिका-६ गनापुरस्थित नमस्ते रिसोर्टबाट पक्राउ गरेको थियो ।रिसोर्टको पूर्वतर्फ पार्किङ गरिराखेको बा १८ च ४२११ नम्बरको कारको बायाँतर्फको सिटमा फल्स बटम बनाएर लुकाएर राखेको अवस्थामा अटोमेटिक पेस्तोल एक थान र दुई राउन्ड गोली बरामद भएको प्रहरीको दाबी छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप