गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ मुआब्जा वितरणमा राज्यको विभेद मुआब्जा वितरणमा राज्यको विभेद प्रिया स्मृती गजमेर कात्तिक २८, २०७६ गते १३:४५ मा प्रकाशित दाङ्ग, लमही नगरपालिका वडा न ४ सेमरवाका जग्गाधनीले राज्यले आफुहरुलाई मुआब्जा वितरणमा विभेद गरेको गुनासो गरेका छन् ।आफुहरुसंगै सटेका जग्गाधनीलाई १५ सय प्रति वर्गमिटर र आफुहरुलाई १ सयका दरले दिएको स्थानिय प्रेमलाल चौधरीले बताए । सेमरवाका स्थानीयले आफुहरुलाई राज्यले ठगेको भन्दै मुआब्जा लिन समेत मानेका छैनन् ।राज्यले हामीलाई पाउने मुआब्जाको दर रेट मात्र तोकी दिए पनि खुशी हुन्थ्यौ स्थानिय प्रेमलाल चौधरीले भने । यदि हाम्रो जग्गाको मुआब्जा अर्को गाउका जग्गाधनीलाई दिएको बराबर भएन भने हामीले सेमरवा गाउको बाटो कुनै हालतमा बन्न दिदैनौ चौधरीले भने ।सेमरवाबासीको मागलाई मध्यनजर गर्दै आज बिहिवार नेपाली कांग्रेस दाङ्ग क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेको नेतृत्वको टोलीले लमही नगरपालिका वडा नम्बर ४ सेमरवाका जग्गाधनीलाई न्यायोचित तरिकाले मुआब्जा वितरण नभएको भन्दै दाङ्गका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाललाई भेटेर गम्भीर ध्यानाकर्षण गराएको छ ।सेमरवाका जग्गाधनीलाई मुआब्जा वितरणमा राज्यले अन्याय गरेकोले नेपाली काङ्ग्रेसको तर्फबाट उनीहरुलाई न्याय हुने गरि मुआब्जा वितरण गराउने पहल गरिरहेको क्षेत्रीय सभापति पाण्डेले बताए ।पूर्व सभासद योगेन्द्र चौधरी, महासमिति सदस्य जानकीलाल बस्नेत,स्थानिय देशुराम चौधरी,कुसुम चौधरी र प्रेमलाल चौधरी लगायतले प्रमुख जिल्ला अधिकारी रिजाललाई भेटेर ध्यानाकर्षण सहितको पत्र बुझाएको नेपाली कांग्रेस दाङ्ग क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेले बताए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट