गृहपृष्ठ ∕ समाचार ∕ ठगीको आरोप लागेका मंत्रीद्वारा राजिनामा ठगीको आरोप लागेका मंत्रीद्वारा राजिनामा दीप संञ्चार कात्तिक २४, २०७६ गते १७:३३ मा प्रकाशित काठमाण्डौ, ठगी सँगै कागज किर्ते गरेको आरोप लागेका सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राजीनामा दिएका छन् । आइतबार रावलले प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष राजीनामा दिएका हुन् ।ठगी सँगै कागज किर्ते गरेको आरोपमा रावलसहित २९ जनाका नाममा साउन ७ गते कञ्चनपुर अदालतमा मुद्धा परेको थियो । कलेज स्थापना गरी विद्यार्थीलाई ठगी गरेको राज्यमन्त्री रावल माथि आरोपमा छ ।सोही क्रममा यही कार्तिक १९ गते राज्यमन्त्री रावलविरुद्ध परेको उजुरीका आधारमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन सुरु गरेको थियो । रावलको सम्पत्ति छानबिनका लागि विभागका एसएसपीसहितको टोली कार्तिक १९ गते कञ्चनपुर पुगेको थियो ।रावल विरुद्ध विभागमा सम्पत्ति छानबिनका लागि भन्दै छुट्टै उजुरी परेको दावी गरिएको छ । महेन्द्रनगरको जनज्योती क्याम्पसका शेयर सदस्य समेत रहेका रावलसहितका ३६ जना विरुद्ध गत साउनमा जिल्ला अदालत कञ्चनपुरमा ठगी र कागजात किर्ते गरेको मुद्दा समेत परेको छ ।राज्य मन्त्री रावलले सुदूरपश्चिमप्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष राजीनामा दिएको उद्योग, प्रयटन, वन तथा वातावरण मन्त्रालयका प्रबक्ता भरतप्रसाद श्रेष्ठले बताए । मुख्यमन्त्री कार्यालय श्रोतका अनुसार रावलको राजीनामा स्वीकृत भइसकेको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट