Techie IT
×
गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ नेकपाकी सचेतक चढ्ने गाडी दुर्घटना

नेकपाकी सचेतक चढ्ने गाडी दुर्घटना


दाङ, नेपाल कम्युनिस्ट पार्टी नेकपाकी सचेतक तथा प्रतिनिधी सभा सदस्य शान्ता चौधरी चढ्ने सरकारी स्कार्पियो जिप मंगलवार दुर्घटनामा परेको छ ।

सचेतक चौधरी चढ्ने गाडी बा २ झ २८७१ नम्बरको सरकारी गाडि (स्कारपियो) सोमबार राती दाङको लमही घोराही सडक खण्ड कुलमोहर स्थित सडक बाट झन्डै सय मिटर तल अर्जुनखोलामा खसेको हो ।

सांसद चौधरीलाई घोराही उपमहानगरपालिका वडा नम्बर ४ लक्ष्मीपुर छोडेर लमही तर्फ फर्किदै गर्दा बाटोमा दुर्घटना भएको चालक रतन चौधरीले बताए ।

चालकलाई प्रहीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक प्रज्वल थपलियाले जानकारी दिए।


क्याटेगोरी : समाचार, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस