Techie IT
×
गृहपृष्ठग्लोबलप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न

प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न


दोहा– प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन  शुक्रवार दोहामा सम्पन्न भएको छ।


“भुजेल जातिको विकास र उन्नतिको आधार, साँस्कृतिक चेतना, शिक्षा र रोजगार” भन्ने नाराको साथ सन २०१० मा स्थापना गरिएको संस्थाको महाअधिवेशन खुल्ला र बन्द गरी दुई चरणमा सम्पन्न भएको हो ।


सनैयाको प्लाजा मलमा अवस्थित जिम्बु थकाली रेस्टुरेन्टको सभा हलमा सम्पन्न महाधिवेशनमार्फत सन्तोष भुजेल(कास्की) को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।


कार्यसमितिको वरिष्ठ उपाध्यक्ष दुर्गा भुजेल (गोरखा), प्रथम उपाध्यक्ष श्रीमान् जी सी भुजेल (लमजुङ), दित्तीय उपाध्यक्ष गीता भुजेल (धादिङ), महिला उपाध्यक्ष शर्मिला भुजेल (सिन्धुली), महासचिव नयन भुजेल (सर्लाही), सचीवद्धय शारदा भुजेल र मोहन कुमार भुजेल (झापा), कोषाध्यक्ष विष्णु भुजेल (स्याङ्जा), सह–कोषाध्यक्ष  चन्द्र बहादुर भुजेल (धादिङ), लेखा समिति संयोजक रोज बहादुर भुजेल (सिन्धुली) र सदस्यमा कुसुम भुजेल (स्याङ्जा) रहेका छन् ।


त्यस्तै कार्यसमितिका सदस्यहरू चित्रबहादुर जी.सी. भुजेल (कास्की), देवी भुजेल (मोरङ), कुमारी भुजेल (झापा), देवबहादुर भुजेल र चित्र भुजेल (स्याङ्जा) सविता भुजेल (धादिङ) रहेका छन् । सर्वसम्मत चयन भएको कार्यसमितिलाई निर्वाचन समितिका संयोजक नियम भुजेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।


महाधिवेशनको खुल्ला सत्र समाजका अध्यक्ष विकास भुजेलको सभाध्यक्षता तथा नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।


कार्यक्रममा आदिवासी जनजाति महासंघमा आबद्ध सहित विभिन्न संघसंस्थाहरुलाई २०२४÷२६ कार्यकालमा भुजेल समाजले सञ्चालन गरेका विभिन्न गतिविधिहरूमा प्रत्यक्ष साथ सहयोग र सदभाव कायम गरी संस्थालाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोप्रति कदर गर्दै सम्मान गरिएको थियो भने समाजका संस्थापक सदस्य सन्तोष खवासलाई मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कतारमा भुजेल समाजको स्थापना तथा वर्तमान अवस्थाका बारेमा समाजका संरक्षक शिव भुजेलले प्रकाश पारेका थिए ।

वरिष्ठ उपाध्यक्ष सन्तोष भुजेलले स्वागत मन्तव्य राखेको खुल्ला सत्रको सहजीकरण महासचिव दुर्गा भुजेलले गरेका थिए ।

कार्यक्रममा कतारमा स्थापित विभिन्न सामाजिक संघसंस्था, वैचारिक संस्थाका प्रमुख तथा प्रतिनिधि, विशिष्ट व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, सामाजिक अभियन्ता, कलाकारको साथै मिडियाकर्मी पत्रकारहरू लगायतको उपस्थिति रहेको थियो ।

विभिन्न कलाकारहरूले सांगीतिक प्रस्तुति दिएको कार्यक्रममा विष्णु भुजेलले कविता र नयन भुजेलले मुक्तक वाचन गरेका थिए ।


क्याटेगोरी : ग्लोबल, समाचार, समाज


तपाईको प्रतिक्रिया दिनुहोस