प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न
दोहा– प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन शुक्रवार दोहामा सम्पन्न भएको छ।
“भुजेल जातिको विकास र उन्नतिको आधार, साँस्कृतिक चेतना, शिक्षा र रोजगार” भन्ने नाराको साथ सन २०१० मा स्थापना गरिएको संस्थाको महाअधिवेशन खुल्ला र बन्द गरी दुई चरणमा सम्पन्न भएको हो ।
सनैयाको प्लाजा मलमा अवस्थित जिम्बु थकाली रेस्टुरेन्टको सभा हलमा सम्पन्न महाधिवेशनमार्फत सन्तोष भुजेल(कास्की) को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्ष दुर्गा भुजेल (गोरखा), प्रथम उपाध्यक्ष श्रीमान् जी सी भुजेल (लमजुङ), दित्तीय उपाध्यक्ष गीता भुजेल (धादिङ), महिला उपाध्यक्ष शर्मिला भुजेल (सिन्धुली), महासचिव नयन भुजेल (सर्लाही), सचीवद्धय शारदा भुजेल र मोहन कुमार भुजेल (झापा), कोषाध्यक्ष विष्णु भुजेल (स्याङ्जा), सह–कोषाध्यक्ष चन्द्र बहादुर भुजेल (धादिङ), लेखा समिति संयोजक रोज बहादुर भुजेल (सिन्धुली) र सदस्यमा कुसुम भुजेल (स्याङ्जा) रहेका छन् ।
त्यस्तै कार्यसमितिका सदस्यहरू चित्रबहादुर जी.सी. भुजेल (कास्की), देवी भुजेल (मोरङ), कुमारी भुजेल (झापा), देवबहादुर भुजेल र चित्र भुजेल (स्याङ्जा) सविता भुजेल (धादिङ) रहेका छन् । सर्वसम्मत चयन भएको कार्यसमितिलाई निर्वाचन समितिका संयोजक नियम भुजेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
महाधिवेशनको खुल्ला सत्र समाजका अध्यक्ष विकास भुजेलको सभाध्यक्षता तथा नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा आदिवासी जनजाति महासंघमा आबद्ध सहित विभिन्न संघसंस्थाहरुलाई २०२४÷२६ कार्यकालमा भुजेल समाजले सञ्चालन गरेका विभिन्न गतिविधिहरूमा प्रत्यक्ष साथ सहयोग र सदभाव कायम गरी संस्थालाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोप्रति कदर गर्दै सम्मान गरिएको थियो भने समाजका संस्थापक सदस्य सन्तोष खवासलाई मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कतारमा भुजेल समाजको स्थापना तथा वर्तमान अवस्थाका बारेमा समाजका संरक्षक शिव भुजेलले प्रकाश पारेका थिए ।
वरिष्ठ उपाध्यक्ष सन्तोष भुजेलले स्वागत मन्तव्य राखेको खुल्ला सत्रको सहजीकरण महासचिव दुर्गा भुजेलले गरेका थिए ।
कार्यक्रममा कतारमा स्थापित विभिन्न सामाजिक संघसंस्था, वैचारिक संस्थाका प्रमुख तथा प्रतिनिधि, विशिष्ट व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, सामाजिक अभियन्ता, कलाकारको साथै मिडियाकर्मी पत्रकारहरू लगायतको उपस्थिति रहेको थियो ।
विभिन्न कलाकारहरूले सांगीतिक प्रस्तुति दिएको कार्यक्रममा विष्णु भुजेलले कविता र नयन भुजेलले मुक्तक वाचन गरेका थिए ।
क्याटेगोरी : ग्लोबल, समाचार, समाज
धेरै पढिएका
ताजा अपडेट
- प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न
- नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
तपाईको प्रतिक्रिया दिनुहोस