एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राजेन्द्र कुमार (आरके) शर्माको नेतृत्वमा रहेको उच्चस्तरीय न्यायिक तथा मेलमिलाप समितिलाई पूर्णता दिइएको छ । गत मे ३–४ मा काठमाडौँमा भएको एकताको महाधिवेशनको हलबाटै बाहिर रहेकाहरूलाई समेत समेट्ने उद्देश्यले शर्माको नेतृत्वमा समिति बनाइएको थियो । उक्त समितिमा चार जना सदस्य थप गरिएको हो ।
समितिको सदस्यमा जानकी गुरुङ (बेल्जियम), सुनील साह (अमेरिका), नारायण आचार्य (द नेदरल्याण्ड्स) र शनि ओली (कतार) रहेका छन् ।
शर्मा नेतृत्वको समितिले एकताको महाधिवेशनका बेला बाहिर रहेका एनआरएन अभियन्ताहरूलाई वार्ता र संवाद मार्फत एकीकृत गर्ने लक्ष्य लिएको छ ।
समितिका संयोजक शर्माले एनआरएनएको बृहत् एकताको लागि छुटेका साथीहरूलाई पनि समेटेर संस्थालाई थप बलियो बनाउन आवश्यक रहेको बताए ।
उनले भने, ‘अहिलेको परिस्थिति अनुसार बृहत् एकताको लागि साथीभाइहरूसँग बृहत् संवाद गर्छौँ। अहिले साथीभाइहरूसँग कुरा गरेर के के गर्ने भन्ने पहिलो मिटिङ बसेपछि सार्वजनिक गर्छौँ ।’
भर्खरै जेन जी आन्दोलनमा जनधनको ठूलो क्षति भएको अवस्थामा विदेशमा भएका सम्पूर्ण नेपालीहरूले कोभिडको बेला जस्तै सहयोग गर्नु पर्ने अवस्था रहेको पनि उनले उल्लेख गरे । उनले राष्ट्रिय पुनर्निर्माण लगायतका कुराहरूमा सहकार्य गर्नको लागि सबै समूह एक ठाउँमा आउनु पर्नेमा जोड दिए । विगतका तीता कुराहरूलाई बिर्सिएर एनआरएनमा नयाँ सुरुआत गर्न पनि छलफल र वार्ताकै माध्यमबाट टुङ्गोमा पुग्नु पर्नेमा उनले जोड दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #hot, #NRNA
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस