गृहपृष्ठ ∕ ग्लोबल ∕ मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै दीप संञ्चार पुस २९, २०८१ गते ११:३३ मा प्रकाशित दोहा– कतारमा पनि मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व भब्य रुपमा मनाईने भएको छ।नेपाल मगर संघ कतारको आयोजनामा मगर मिनाम ल्हेश ५०१८) २०२५ को अवसरमा शुभकामना अदान प्रदान, वनभोज तथा विविध संस्कृतिक कार्यक्रम गरिमगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व भब्य रुपमा मनाईने भएको हो।सम्पूर्ण मगरहरुको एकता अहिलेको आवश्यकता भन्ने मुल नाराका साथ सन २००० मा स्थापना भएको संस्थाले अगामी शुक्रबार जनवरी १७ तारिक अबुहमुर स्थित आईडियल इन्डियन स्कुलमा बिहान १० बजे देखि कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष रेशम आले मगरले जानकारी दिएका छन।कार्यक्रममा नेपालबाट आउने चर्चित लोक तथा दोहोरी गायिका सम्झना लामिछाने मगरको पनि प्रस्तुति रहने छ।कार्यक्रममा नेपाल मगर संस्कृतिक टीमका स्थानीय कालाकारहरुको समेत साङ्गितिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।कार्यक्रममा सहभागी हुन चाहनु हुने दर्शकहरुका लागि संस्थाले कतारको विभिन्न स्थानहरुबाट नि:शुल्क यातायात समेत व्यवस्था रहेको आयोजकले जनाएको छ।कार्यक्रमको तयारी तिव्र रुपमा भईरहेको जानकारी गराउदै कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु,कलाकार,साहित्यकार,व्यवसायी, पत्रकार ,समाजसेवी लगायत कतारमा रहेका सम्पुर्ण नेपाली दाजुभाई दिदिबहिनीहरु उपस्थित भई कार्यक्रमलाई सभ्य तथा भब्य रुपमा सफल बनाईदिन आयोजकले सम्पुर्णमा आग्रह समेत गरेको छ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट