गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न दूतावास लागी परेको छ :राजदुत पौडेल नेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न दूतावास लागी परेको छ :राजदुत पौडेल दीप संञ्चार मंसीर २८, २०८१ गते १७:२१ मा प्रकाशित दोहा-कतारका लागि नवनियुक्त राजदूत रमेश चन्द्र पौडेलले कतारमा रहेका नेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न दूतावास लागी परेको बताएका छन।आफू कतार आएको २२ दिनमै गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको २२औं स्थापना दिवसको अवसरमा बोल्दै राजदुत पौडेलले कतारमा रहेका मजदुरहरुलाई व्यवस्थित र छिटो छरितो रुपमा पासपोर्ट नवीकरण गर्ने बाताबरण बनाउन दूतावास लागि परेको बताएका हुन।मजदुरहरुको मुख्य समस्याका रूपमा रहेको पासपोर्ट नवीकरणको लागि दूतावासमा पनि सिमित कर्मचारीको कारण समस्या रहेकोले कतारमा रहेका सबै सस्था सङ्ग पनी समन्वय गरेर चाँडै समस्या हल गर्ने बताए।उनले भने “सिमितता हामी सँग पनि रहेछ,जस्को मिति नाघ्न लागेको छ उसलाई प्राथमिकता दिएर काम गर्नेछौं ”कतार श्रमिकहरूको श्रम गर्ने थलो भएको हुँदा श्रमिकको हकहितको रक्षा गर्नु पहिलो दायित्व दुतावासको रहेको बताउँदै उनले नेपालको आर्थिक श्रमृद्धिको लागि वैदेशिक लगानी भित्र्याउन र दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउनुपर्ने जिम्मेवारी कतारमा रहेका सबै नेपालीको रहेको बताएका छन।कतारबाट राहदानी नवीकरणका लागि अनलाइन स्लट उपलब्ध नहुँदा कतारमा रहेका नेपाली श्रमिकहरूले लामो समयदेखि समस्या झेलिरहेका छन। राहदानी नभएर कतारी आईडी नबन्दा धेरै नेपालीले रोजगारी गुमाउनु परेकोले हरेक कार्यक्रममा सहभागीले दुतावासलाई समस्या समाधानको लागी अनुरोध गर्दे आएका छन ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप