गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै दीप संञ्चार असार ११, २०८१ गते १:४९ मा प्रकाशित दोहा-नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद गगन थापा कतार आउने भएका छन।नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको १७ औं स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्न उनी कतार आउन लागेका हुन् ।अघिल्लो वर्षदेखि नै सुरु भएको जनतासँग नेपाली कांग्रेस कार्यक्रमको नेतृत्व गरिरहेका गगन विभिन्न समयमा देश तथा विदेशको भ्रमण गरिरहेका छन् ।नेपाली कांग्रेसको भावी नेतृत्व, भावी कार्यदिशा युवाहरूको काँधमा आउनुपर्छ भन्दै आफू लगायत केही युवा नेताहरूको साथमा देश दौडाहामा लागेका गगन पछिल्लो समय अमेरिका युरोप र मध्यपूर्वका देशहरुमा समेत नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समितिहरुको कार्यक्रममा सहभागिता जनाउँदै आएका छन्।आउँदो शुक्रबार ओल्ड सलातामा रहेको प्लाजाइन सभाहालमा हुने कार्यक्रममा केन्द्रिय सदस्य एवम् जनसम्पर्क समिति समन्वय विभाग प्रमुख किरण पौडेल र केन्द्रिय सदस्य एवम् पूर्व नेविसंघ अध्यक्ष नैन सिंह महर तथा मध्यपूर्वका जनसम्पर्क समितिका सभापतिहरू समेतको उपस्थिति रहने जनसम्पर्क समिति कतारका सभापति मोहम्मद अजिज अलीले बताएका छन् ।कार्यक्रममा कतारमा रहेका सामाजिक संस्थाहरू वैचारिक संस्थाहरू पत्रकार बुद्धिजीवी सामाजिक अभियान्ता लाई निमन्त्रणा गरिसकिएको छ ।साथै कतारमा रहेका नेपाली कांग्रेस का आस्थावान तथा युवा त नेता गगन थापा लाई सुन्न प्रश्न गर्न चाहने सम्पूर्ण नेपाली हरुलाई सार्वजनिक निमन्त्रणा गर्दै कार्यक्रममा आमन्त्रण गरिएको छ।जनसम्पर्क समितिका महामन्त्री केदार भुसालका अनुसार कार्यक्रम दिनको ठीक १२ बजे सुरु हुने र कार्यक्रममा महामन्त्री गगन थापा साथै केन्द्रीय सदस्य दोय किरण पौडेल र नैन सिंह महरको विशेष सम्बोधन रहनेछ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप