गृहपृष्ठ ∕ समाचार ∕ तरुण नेता शाहलाई फसाउन खोजियो – अध्यक्ष बस्नेत तरुण नेता शाहलाई फसाउन खोजियो – अध्यक्ष बस्नेत दीप संञ्चार कात्तिक १५, २०७६ गते १५:५६ मा प्रकाशित काठमाण्डौ, नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले नेपालगञ्जबाट पक्राउ परेका नगर सभापति सन्दीपजङ्ग शाहलाई प्रहरीले गलत मनसायका साथ फसाउन खोजेको आरोप लगाएको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति निकाल्दै शाहलाई प्रहरीले फसाउन खोजेको उल्लेख गरेका छन् ।बाँकेको जानकी गाउँपालिकाबाट प्रहरीले शाहसहित ६ जनालाई अत्याधुनिक पेस्तोलसहित पक्राउ गरेको जनाएको छ । तर तरुण दलले उक्त पेस्तोल प्रहरीले आफै बोकेर लगेको दाबी गरेको छ । अध्यक्ष बस्नेतद्वारा जारी विज्ञप्तिमा बरामद भएको भनिएको पेस्तोलको फिंगर प्रिन्ट तत्काल जाँच गर्न माग गरेका छन् ।‘प्रहरीद्वारा आफैले लगेको हतियार तरूण नेता सन्दीपजंग शाहको गाडीबाट बरामद भएको भनी झुठा बहाना बनाइ फसाउने र सामाजिक आतंक सिर्जना गर्ने लोकतन्त्रवादी तरूणहरूलाई दुःख दिने कुत्सित मनसाय एंव दूरासययुक्त नियतले पक्राउ गरिएका शाहलगायतलाई तत्काल रिहा गर्न, घटनास्थलमा पुगी निर्दोष तरूण नेताहरूलाई पक्राउ गरी फसाउन झुठा प्रपञ्च रच्ने षडयन्त्रकारी प्रहरीलाई हदैसम्मको कारबाही गर्न र बरामद गरिएको भनिएको हतियारमा फिंगर प्रिन्ट तत्काल जाँच गरी सत्यतथ्य बाहिर ल्याउन तरुण दल माग गर्दछ,’ बस्नेतले विज्ञप्तिमा भनेका छन् ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट