आठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो सिफारिस ?
काठमाडौँ — सरकारले विभिन्न आठ देशका लागि राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राजदूतहरु नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीका अनुसार भारतका लागि पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी, अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे, बेलायतका लागि डा. विजन पन्त, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, स्पेनका लागि पुष्पराज रन्जितकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमानलाई राजदूत नियुक्तिका लागि सिफारिस गरिएको हो ।
मन्त्रिपरिषद् बैठकले विभिन्न व्यक्तिलाई अवैतनिक वाणिज्यदूत पदमा नियुक्त गरेको छ । बैठकले अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको कार्यक्षेत्र रहने गरी सञ्जीवकुमार शर्मा र अष्ट्रेलियाको भिक्टोरिया राज्य कार्यक्षेत्र रहनेगरी निराजन गौलीलाई अवैतनिक वाणिज्यदूत पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।
बैठकले विश्व बैङ्कबाट उपलब्ध हुने ८० मिलियन डलर बराबरको सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको कानुनमन्त्री गिरीले बताउनुभयो। स्थानीय पूर्वाधार सहयोग कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशमा गएको पछिल्लो भूकम्पका कारण क्षति भएका पूर्वाधार पुनःनिर्माण र पुनर्स्थापनाका लागि बेलायत सरकारबाट प्राप्त हुने थप आठ दशमलव एक मिलियन पाउण्डस्टर्लिङ बराबरको अनुदान सहायता स्वीकार गर्ने पनि बैठकले निर्णय गरेको छ ।
त्यस्तै, राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक पदमा डा. राजेन्द्रप्रसाद यादवलाई नियुक्त गरिएको छ । प्रतिलिपि अधिकारसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णयसमेत बैठकले गरेको छ । त्यसैगरी मन्त्रिपरिषद् बैठकले विद्युत् नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताल र सदस्यहरुमा मधुसूदन अधिकारी र झमकप्रसाद शर्मालाई नियुक्त गर्ने निर्णय गरेको कानुनमन्त्री गिरीले बताउनुभयो ।
क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, समाचार
ट्याग : #आठ देशका लागि राजदूत नियुक्ति सिफारिस
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस