गृहपृष्ठ ∕ आर्थिक ∕ नेपालको सार्वजनिक ऋण दोब्बरले वृद्धि, पुग्यो २४ खर्ब ९ अर्ब नेपालको सार्वजनिक ऋण दोब्बरले वृद्धि, पुग्यो २४ खर्ब ९ अर्ब अंकित रावल असार ८, २०८१ गते १८:५१ मा प्रकाशित काठमाडौं — नेपालको सार्वजनिक ऋण २४ खर्ब ९ अर्ब पुगेको छ। अर्थ मन्त्रालय मातहत सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको आँकडा अनुसार चालू आर्थिक वर्ष २०८०/८१ को ११ महिना (साउन–जेठ) सम्म सरकारले १ खर्ब १० अर्ब रुपैयाँ ऋण लिएको छ ।योसँगै कुल सार्वजनिक ऋण २४ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ । हालसम्म आन्तरिक ऋण ११ खर्ब ९२ अर्ब पुगेको छ।त्यस्तै, बाह्य ऋण १२ खर्ब ७० अर्ब पुगेको छ।सरकारले चालू आवको ११ महिनामा १ खर्ब ९७ अर्ब भुक्तानी गरेको छ ।२०८० असार मसान्तसम्म सार्वजनिक ऋण २२ खर्ब ९५ अर्ब ४३ करोड रुपैयाँ थियो ।पछिल्लो पाँच वर्षमा मात्र नेपालको सार्वजनिक ऋण दोब्बरभन्दा बढीले बढेको छ। आर्थिक वर्ष २०७३र७४ मा नेपालको सार्वजनिक ऋण ६ खर्ब ९७ अर्ब ६८ करोड रुपैयाँ बराबर थियो।भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले ठूलो मात्रामा ऋण उठाएपछि आर्थिक वर्ष २०७४/७५ सम्ममा ९ खर्ब १७ अर्ब ३१ करोड रुपैयाँ सार्वजनिक ऋण पुगेको थियो । त्यसपछि आर्थिक वर्ष २०७५/७६ मा १० खर्ब ४८ अर्ब १५ करोड रुपैयाँ, आर्थिक वर्ष २०७६/७७ मा १४ खर्ब ३३ अर्ब ४० करोड रुपैयाँ, आर्थिक वर्ष २०७७/७८ मा १७ खर्ब ३७ अर्ब ६३ करोड रुपैयाँ र आर्थिक वर्ष २०७८/७९ सम्ममा २० खर्ब १३ अर्ब २९ करोड रुपैयाँ बराबर पुगेको थियो ।क्याटेगोरी : आर्थिक, समाचारट्याग : #नेपालको सार्वजनिक ऋण दोब्बरले वृद्धि तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै