गृहपृष्ठ ∕ ग्लोबल ∕ तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न दीप संञ्चार वैशाख २, २०८१ गते ३:०३ मा प्रकाशित दोहा-तमु (गुरुङ) समाज कतारले चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।तमु( गुरुङ)संस्कारमा आधारित माइती र चेलीको सम्बन्धलाई सुमधुर राख्ने विशेष महत्त्व बोकेको तमु समुदायको महान पर्व माघे संक्रान्ति (माङी त्हे) को शुभ अवसरमा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न गरेको हो।तमु समाज कतारकी अध्यक्ष टौमाया गुरुङको सभापतित्व तथा नेपाली महिला समाज कतारकी अध्यक्ष लोक माया केसीको प्रमुख आतिथ्यतामा सप्पन्न कार्यक्रममा समाजको हरेक गतिविधिमा आथिक,सामाजिक,भौतिक रुपले सहयोग गर्ने कलाकार,खेलाडी, चेलिबेटी,पत्रकार लगायत दुई दर्जन भन्दा बढी विभिन्न व्यक्तित्वहरुलाई दोसल्ला (क्रमु) फेटा (क्रेगी) तथा सम्मान पत्रले सम्मान गरिएको थियो ।तमुहरुको एकता,आजको आवश्यकता” भन्ने मुल नाराका साथ ग्रान्ड मलमा अवस्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रमको समाजका प्रथम उपाध्यक्ष तेज गुरुङले स्वागत तथा महासचिव डिजन गुरुङले सहजीकरण गरेका थिए।कार्यक्रममा तमु गुरुङ समाजका माईती तथा चेलीहरुको बाक्लो उपस्थिति रहेको थियो ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल