गृहपृष्ठ ∕ समाचार ∕ महराविरुद्ध करणी उद्योग अन्तर्गत मुद्दा महराविरुद्ध करणी उद्योग अन्तर्गत मुद्दा दीप संञ्चार कात्तिक १४, २०७६ गते १९:५२ मा प्रकाशित काठमाडौं, यौन दुराचारको अभियोग लागेका नेकपाका नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध करणी उद्योग अन्तर्गत मुद्दा चलाइएको छ ।महानगरीय प्रहरी परिसरबाट प्राप्त अनुसन्धानको फाइल अनुसार जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध जवरजस्ती करणी उद्योगमा मुद्दा चलाएको हो । जवरजस्ती करणी प्रयास उद्योग अन्तर्गत साढे ३ वर्षदेखि ५ वर्षसम्मको कैद सजाय मागसहित सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दाको फाइल पेश गरेको हो ।सरकारी वकिलको कार्यालयले सार्वजनिक पदमा बसेको व्यक्तिले करणी प्रयास गरेको हुनाले थप साढे दुई वर्ष सजाय माग दाबी पनि गरेको छ । यसो हुँदा महराविरुद्ध सरकारी वकिल कार्यालयले साढे ५ देखि साढे ७ वर्षसम्म जेल सजाय माग दाबीसहित मुद्दाको फाइल अघि बढाएको हो । महराको मूल कसुर मुलुकी अपराध संहिता ०७४ को दफा २१९ को जबरजस्ती करणीसम्बन्धी दफा आकर्षित हुने गरि सरकारी वकिलको कार्यालयले अभियोगपत्र बनाएको हो ।नर्भिक अस्पतालमा उपचाररत महरालाई बिहीबार सरकारी वकीलको कार्यालयमा उपस्थित गराएर जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दायर गरिएको हो । अब उनीमाथि लगाइएको अभियोगबारे उनी पक्षका वकिलहरुले बहस गर्नेछन । बहस सकिएपछि महरा सादा तारेखमा छुट्ने, धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि कारगार चलान गर्ने अदालतले निर्णय दिनेछ । यो संहिता अन्तर्गत १८ वर्षमाथिका महिलालाई बलात्कार गरेको पुष्टि भएमा ७ देखि १० वर्ष जेल सजाय हुने व्यवस्था छ ।बलात्कार प्रयासको हकमा अधिकतम् १० वर्षको आधा अर्थात् ५ वर्ष जेल सजाय माग गरिनेछ । महराविरुद्ध फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको दफा १५ आकिर्षत हुने गरि अभियोगपत्र दर्ता गरिँदैछ । यो संहिताको दफा १५ ‘ङ’ मा ‘कुनै सरकारी कार्यालय, सार्वजनिक वा सङ्गठित संस्थाको पद वा ओहोदामा बहाल रही त्यस्तो पद वा ओहोदाको दुरुपयोग गरी कसूर गर्ने कसूरदारलाई त्यस्तो कसूरमा हुने सजायको डेढी सजाय,’ व्यवस्था गरिएको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप