गृहपृष्ठ ∕ समाचार ∕ शाखा अधिकृत कार्कीविरुद्ध तीन करोड २१ लाखको भ्रष्टाचार मुद्दा शाखा अधिकृत कार्कीविरुद्ध तीन करोड २१ लाखको भ्रष्टाचार मुद्दा दीप संञ्चार चैत्र ८, २०८० गते १४:१२ मा प्रकाशित काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणका शाखा अधिकृत याम कुमार कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको छ ।कार्कीले पदीय मर्यादा विपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरी अख्तियारमा परेको थियो ।सो सम्बन्धमा छानबिन हुँदा उनको तीन करोड एक्काइस लाख बत्तीस हजार नौ सय छपन्न रुपैयाँ पचहत्तर पैसा बराबरको सम्पत्ति वैधानिक देखिएकाले सोही बराबरको रकम बिगो मागदाबी लिइएको छ।यस्तै अवैध सम्पत्ति असुल उपर गर्ने प्रयोजनका लागि निजकी पत्नी देवका अधिकारीलाई समेत प्रतिवादी कायम गरी सम्पत्ति जफतको मागदाबी लिई बिहीबार विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ