गृहपृष्ठ ∕ समाचार ∕ नयाँ गठबन्धन : प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा चार जना उपप्रधानमन्त्री नयाँ गठबन्धन : प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा चार जना उपप्रधानमन्त्री दीप संञ्चार फागुन २७, २०८० गते १२:२८ मा प्रकाशित काठमाडौँ। प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा चार जना उपप्रधानमन्त्री भएका छन् । नयाँ बनेको सत्ता समीकरण अनुसार प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्दा चार पार्टीबाट चार जना उपप्रधानमन्त्री बनेका बताएको हो ।एमालेबाट रघुवीर महासेठ उपप्रधानमन्त्री हुँदा, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव उपप्रधानमन्त्री बनेका हुन् ।आज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीको शपथ ग्रहण गरेका छन् । यससँगै प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा चार उपप्रधानमन्त्री बनेको हो ।यसअघि नै मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठ र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने छन् । आज जसपा अध्यक्ष यादव पनि थपिएपछि उपप्रधानमन्त्रीहरुको संख्या चार जना पुगेको हो ।जसपाबाट सरकारमा उपेन्द्र यादव र नवलकिशोर साह थपिएका छन् । साहले वन तथा वातावरण मन्त्रीको शपथ ग्रहण गरेका छन् ।उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।उपप्रधानमन्त्रीमा सबैभन्दा शीर्ष वरियता महासेठको रहेको छ । नयाँ समीकरण बनाउनुअघि प्रचण्ड नेतृत्वकै मन्त्रिपरिषद्मा दुई जनामात्रै उपप्रधानमन्त्री रहेका थिए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट