बसले किचेर १४ वर्षयी किशोरीको निधन
सुर्खेत, चिङ्गाड गाउँपालिका—३, चिउडुवामा बसले किचेर आज एक किशोरीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सुर्खेतदेखि जाजरकोटको शिवालय जाँदै गरेको लु १ ख ४८२३ नम्बरको यात्रुवाहक बसले किच्दा दैलेखको डुङ्गेश्वर गाउँपालिका—४, अवलपराजुलकी १४ वर्षीया कमला बुढाको घटनास्थलमै मृत्यु भएको हो ।
उकालोमा बढी चाप धान्न नसकेर पछाडि गुडिरहेको अवस्थामा अत्तालिएर ढोकाबाट हाम फाल्दा बुढाको सोही बसको चक्काले किचेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए । घटनास्थलमा प्रहरी पुगेर थप अनुसन्धान शुरु गरिसकेको छ ।
त्यस्तै आइतबार राति पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका—६, लिसीडाँडामा लक्ष्मी पूजाका अवसरमा बालिएको मैनबत्तीको आगोबाट स्थानीय कुमार दमाईको घर जलेर करीब रु एक लाख ५० हजारबराबरको सम्पत्ति क्षति भएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस