गृहपृष्ठ ∕ समाचार ∕ न्यूरोड क्षेत्रका सडकमा आजदेखि पार्किङ निषेध न्यूरोड क्षेत्रका सडकमा आजदेखि पार्किङ निषेध दीप संञ्चार माघ ९, २०८० गते ९:२८ मा प्रकाशित काठमाडौं – काठमाडौंको नयाँ सडक (न्यूरोड) क्षेत्रमा आज (मंगलबार) देखि खुला सडकमा सवारी पार्किङ गर्न नपाइने भएको छ । काठमाडौं महानगरपालिकाले आजदेखि न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङलाई निषेध गरेको हो ।यसको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङको सुविधा उपलब्ध हुने महानगरपालिकाले जनाएको छ । काठमाडौं टावरमा ३०० वटा चारपाङ्ग्रे सवारी साधन र ७०० वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिन्छ ।काठमाडौं महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले यसअघि पार्किङ भइरहेको ठाउँलाई खाली गरेर सरसफाइ गरिने बताए ।पिच सडकमा भइरहेको सवारी पार्किङ हटाउँदा सवारी आवागमनमा सहज हुने उनको भनाइ छ । पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ निषेध गरिनेछ । यसअघि झोंछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकिएको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल