गृहपृष्ठ ∕ समाचार ∕ बोर्ड र मलेसियन कम्पनी एफडब्लुडब्लुएमसीबीचको सम्झौता तत्काल कार्यान्वयन नहुने बोर्ड र मलेसियन कम्पनी एफडब्लुडब्लुएमसीबीचको सम्झौता तत्काल कार्यान्वयन नहुने दीप संञ्चार माघ ७, २०८० गते २२:०७ मा प्रकाशित काठमाडौं-मलेसियाको निजि कम्पनी एफडब्लुडब्लुएमसी र बैदेशिक रोजगार बोर्डबीचको सम्झौता तत्काल कार्यान्वयन नहुने भएको छ ।वैदेशिक रोजगार व्यवसायीहरुले व्यवसायी तथा कामदार बिरोधी सम्झौता भन्दै तत्काल खारेज गर्न माग गरेको सो सम्झौता आइतबार बोर्ड बैठकले प्रधानमन्त्री र श्रम मन्त्रालयको निर्देशनलाई मान्दै हाललाई कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीका अनुसार वैदेशिक रोजगार बोर्डको गत मंसिर २१ मा सम्पन्न बोर्ड बैठकको निर्णय बमोजिम वैदेशिक रोजगार बोर्डको सचिवालय र मलेशियास्थित एफडब्लुडब्लुएमसीबीच मलेशियामा रहेका नेपाली श्रमिकहरुको राहत, उद्दार लगायतका कल्याणकारी कार्य गर्ने विषयमा सम्झौता भएको थियो ।‘विभिन्न सरोकारवालाहरुसँग थप छलफल गरेर मात्र टुंगोमा पुग्न आवश्यक भएकोले हाललाई उक्त सम्झौता कार्यान्वयन नगर्न प्रधानमन्त्रीबाट निर्देशन प्राप्त भएको र सोहीअनुसार आवश्यक कार्यान्वयनका लागि भनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकोे पत्र प्राप्त भएकोले उल्लेखित सम्झौता हाल कार्यान्वयन नहुने व्यहोरा यसै विज्ञप्ती मार्फत सम्बन्धित सरोकारवाला सबैमा जानकारी गराईन्छ’, बोर्डका कार्यकारी निर्देशक उप्रेतीले उल्लेख गरेका छन् ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति