गैरआवासीय नेपाली तारा-सिजन ४ को उपाधिका लागि १० जना बीच प्रतिस्पर्धा हुने
दोहा-गैरआवासीय नेपाली तारा-सिजन ४ को उपाधिका लागि १० जना बीच प्रतिस्पर्धा हुने भएको छ ।
तेस्रो चरणको प्रतिस्पर्धाबाट गायन बिधाबाट पाँच र नृत्य बिधाबाट पाँच गरि १० जना फाईनलिष्ट चुनिए संगै गैरआवासीय नेपाली तारा-सिजन ४ को उपाधिका लागि १० जना बीच प्रतिस्पर्धा हुने भएको हो।
गैरआवासीय नेपाली सङ्घ (एनसीसी) कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा आयोजित “गैरआवासीय नेपाली तारा- २०२३ कतार सिजन ४” को तेस्रो चरणको प्रतिस्पर्धा शुक्रवार सम्पन्न भएको हो ।
शुक्रवार प्लाजामलमा अवस्थित वेलफेयर रेस्टुरेन्टको सभा हलमा सम्पन्न प्रतियोगिताबाट गायन बिधाबाट दिपक कुमार घले (भोटिङ न १), ईसान रेग्मी (भोटिङ नम्बर २), सुजन गुरुङ ( भोटिङ न ३), मानसिङ परियार (भोटिङ न ४) र रुस्तम तामाङ (भोटिङ न ५) रहेका छन।
त्यस्तै नृत्य विधाबाट जुनु माया कुमाल (भोटिङ न १), सरोज लामा (भोटिङ नम्बर २), निरु श्रेष्ठ (भोटिङ न ३), झरना राई (भोटिङ न ४) र सौजन चोहार (भोटिङ न ५) रहेका छन।
नेपाली कला संस्कृतिको सम्मान गरौँ, प्रवासमा रहेको प्रतिभाको खोजी गरौँ’ भन्ने नाराका साथ राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ, प्रवासमा लुकेर बसेको कलालाई प्रस्फुटन र उजागर गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको तेस्रो चरणमा अतिथि निर्णायकको भूमिकामा गायक तथा सङ्गीतकार प्रभात त्रिपाठी रहेका थिए l
प्रतिस्पर्धाको गायन विधातर्फ वीरेन्द्र श्रेष्ठ, गुन्जन तामाङ र मङ्गल विक निर्णायकका रूपमा रहेका छन् भने नृत्य विधातर्फ भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक लाफा मगरले निर्णायकको जिम्मेवारी सम्हालेका छन् l
पर्यवेक्षकद्घय बुधबल गुरुङ र क्रान्ति सिंहले कार्यक्रम अबधीभर निरिक्षण तथा सहभागीलाइ सुझाब राखेका थिए ।
एनसीसी कतारका सचिव रोशन अर्याल र तमु समाजका महासचिव ज्ञान बहादुर गुरुङ (डिजन)ले सहजीकरण गरेको कार्यक्रममा अन्त्यमा बोल्दै एनसिसि कतारका अध्यक्ष रमेश भट्ट,तमु (गुरुङ) समाजकी अध्यक्ष टौमाया गुरुङ सहित एनआरएनए आईसिसिका बिभीन्न तहका ब्यक्तित्वको विशेष आतिथ्यता रहेको थियो ।
प्रतियोगिताको गायन विधाका विजेताले १ लाख ८१ हजार र नृत्य विधाका विजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।फेब्रुअरी २, २०२४ मा हुने ग्राण्ड फिनालेका लागि अतिथि निर्णायक सहित आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई नेपालबाट कतार ल्याउन पहल भइरहेको आयोजकले जनाएका छन l
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस