गृहपृष्ठ ∕ समाचार ∕ सर्लाहीको बरहथवा क्षेत्रमा भोलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा थप सर्लाहीको बरहथवा क्षेत्रमा भोलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा थप दीप संञ्चार पुस २१, २०८० गते ११:३४ मा प्रकाशित काठमाडौँ– जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा बजार क्षेत्रमा निषेधाज्ञाको समय थप गरेको छ ।कार्यालयले सूचना जारी गर्दै आज बिहान ८ देखि भोलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । यसअघि हिजो साँझ ५ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि कर्फ्यु जारी गरिएको थियो ।अस्पताल स्तरोन्नतिको विषयलाई लिएर हिजो भएको झडपमा एक जनाको मृत्यु भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।कार्यालयले पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोतीरचोर्निया पुल क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ ।निषेधित समय र क्षेत्रमा कुनै किसिमको भेला हुन, बाहिर हिँड्डुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाइने जनाइएको छ ।आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।हिजो भएको झडपमा प्रहरीले गोली चलाउँदा बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो । प्रदर्शनकारीले नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटवालको घरमा ढुंगामुढा गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको जनाएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप