गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेस बागमती प्रदेश सम्मेलन शनिबार काठमाडौँमा कांग्रेस बागमती प्रदेश सम्मेलन शनिबार काठमाडौँमा दीप संञ्चार पुस ६, २०८० गते १७:२६ मा प्रकाशित काठमाडौँ। नेपाली कांग्रेस बागमती प्रदेशको पहिलो प्रदेश सम्मेलन शनिबार काठमाडौंमा हुने भएको छ ।कांग्रेस बागमती प्रदेशले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुस ७ गते शनिबार हुने प्रदेश सम्मेलनको सभापति शेर बहादुर देउवाले उद्घाटन गर्ने जानकारी दिएको हो। सम्मेलनमा विधान बमोजिम ७८२ जना प्रदेश सम्मेलन प्रतिनिधि तथा बागमती प्रदेशभित्रका कांग्रेस सांसद, क्षेत्रीय सभापति लगायतको सहभागिता हुने बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए ।पत्रकार सम्मेलनमा सभापति बानियाँले प्रादेशिक संरचना पहिचान र प्रतिष्पर्धा भएकाले प्रदेशबाटै नेतृत्व जन्मने बताए । उनले मुलुकको संविधानपछि पार्टीको विधानलाई परिमार्जन गर्न आयोजना गर्न लागि नीति सम्मेलनलाई आवश्यक सुझाव प्रदेशले दिने जिकिर गरे ।अहिले प्रदेशले काम गर्न नपाउँदा प्रदेश नै आवश्यक नरहेको हो की भन्ने आवाज उठेको अवस्थामा परिवर्तित अवस्था अनुसार कानूनलाई परिमार्जन गर्नुपर्ने उनले बताए ।त्यस्तै बानियाँले निर्वाचन प्रणालीका बारेमा पनि बहस हुन जरुरी रहेको बताएका छन् । त्यस्तै उनले विधानमा नै उमेर समूहको प्रतिनिधित्वको बारेमा स्पष्ट व्यवस्था राख्नुपर्ने धारणा राखे । सम्मेलनमा राजनीतिक, साङ्गठानिक र आर्थिक प्रतिवेदन पेश हुने बताइएको छ ।क्याटेगोरी : राजनीतिट्याग : #नेपाली कांग्रेस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ