गृहपृष्ठ ∕ समाचार ∕ परराष्ट्रमन्त्री साउदलाई रास्वपाको ध्यानाकर्षणपत्र परराष्ट्रमन्त्री साउदलाई रास्वपाको ध्यानाकर्षणपत्र दीप संञ्चार मंसीर २२, २०८० गते १७:५० मा प्रकाशित काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुसी सेनामा स्वस्फुर्त भर्ना भएका नेपालीको यकिन विवरण पत्ता लगाई नेपाल फर्काउन र बन्धक बनाइएकाको सकुशल रिहाइ गर्न सरकारको ध्यानार्कषण गराएको छ ।रास्वपाका सांसदले आज परराष्ट्रमन्त्री एनपी साउदलाई ध्यानाकर्षण पत्र बुझाउँदै प्यालेस्टाइनी समूह (हमास)को नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको तत्काल रिहाइका लागि कूटनीतिक पहल गर्नसमेत माग गरेको हो ।“युद्धरत पक्षको नियन्त्रणमा रहेका नेपालीको यथाशीघ्र रिहाइ र उद्धार सम्बन्धमा परराष्ट्रमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हौँ”, सचेतक निशा डाँगीले भनिन् । रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख एवं सांसद शिशिर खनाल, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी र सांसद अशोककुमार चौधरीले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।“स्वस्फुर्त रुसी सेनामा भर्ना भएर हाल कार्यरत नेपालीको यथार्थ विवरण पत्ता लगाई उनीहरुलाई नेपाल फर्काउन, घाइतेको समुचित उपचारको प्रबन्ध मिलाउन र बन्धक बनाइएकाको सकुशल रिहाइका लागि यथाशीघ्र कूटनीतिक पहलमा जोड दिन आग्रह गर्दछौँ”, ध्यानाकर्षणपत्रमा उल्लेख छ, “हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको अवस्था अझै अज्ञात छ । हमासले ५८ जना विदेशीलाई मुक्त गरिसकेको सन्दर्भमा, विपिन अझैसम्म बन्धक नै रहनुमा सरकारले रिहाइका लागि गरेको पहल पर्याप्त भएन कि भन्ने रास्वपाको बुझाइ छ ।”क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल