गृहपृष्ठ ∕ राजनीति ∕ गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराएको एमाले अध्यक्ष ओलीको आरोप गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराएको एमाले अध्यक्ष ओलीको आरोप दीप संञ्चार मंसीर २२, २०८० गते १७:२६ मा प्रकाशित काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराएको दाबी गरेका छन् । पार्टीको महाकाली–मेची अभियानअन्तर्गत पोखरामा आयोजित कार्यक्रममा बोल्दै उहाँले वर्तमान सत्ता गठबन्धन आफ्नो दलको विरोधमा रहेको पनि उल्लेख गरे ।विकास निर्माण र जनताप्रति सरकारले कुनै सरोकार नदेखाएको बताउँदै उनले राष्ट्रियताको पक्षमा पनि शिर निहुराएको उनको आरोप छ । एमालेबाहेक अरुले मुलुक बनाउन नसक्ने जिकीर गर्दै एमाले अध्यक्ष ओलीलेभने , ‘मुलकको पछिल्लो अवस्थालाई तोड्न एमालेले मिसन ०८४ अघि सारेको छ । मिसन ०८४ समृद्ध नेपाल सुखी नेपाल बनाउन र एमालेको एकल बहुमत र देशको अहिलेको दयनीय अवस्थालाई रोकेर अघि फर्काउन हो ।’उनले नेकपा एमाले एउटा साधारण प्रतिपक्ष नभएको र इतिहास रचना गरेर आएकाले इतिहास बनाउने काममा संघर्षका मैदानबाट खारिएर आएको मजबुत पार्टी भएको उल्लेख गरे । ‘देशको सबैभन्दा बढी लोकप्रिय पार्टी हो । त्यसकारण यो पार्टीले प्रतपक्षमा हुँदा पनि आफ्नो भूमिका खेल्छ,’ उनको भनाई छ ।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादवसंसद्मा कांग्रेस सांसदहरूको नाराबाजीप्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला