गृहपृष्ठ ∕ समाचार ∕ एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह दीप संञ्चार मंसीर १७, २०८० गते २०:४० मा प्रकाशित काठमाडौँ। प्रतिनिधिसभा सदस्य डा अमरेशकुमार सिंहले दूरसञ्चार कम्पनी एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद भएको दाबी गर्दै छानबिनका लागि सरकारसँग माग गरेका छन्। आज आयोजित पत्रकार सम्मेलनमा सांसद सिंहले एनसेलको शेयर खरिदबिक्रीमा कर छली भएको दाबी गरे। “जुन कम्पनीको वार्षिक रु ४० अर्बभन्दा बढी आम्दानी छ, त्यो कम्पनी रु साढे छ अर्बमा कसरी बिक्री हुन्छ रु यो पत्याउन सकिन्न”, सांसद सिंहले भने ।सन् २०१६ मा तत्कालिन माउ कम्पनी स्वीडेनको टेलियासोनेराले एनसेलमा रहेको ८० प्रतिशत शेयर रु एक अर्ब ३६ करोड ५० लाख अमेरिकी डलर अर्थात रु एक खर्ब ४४ अर्ब ७ करोडमा मलेसियन कम्पनी आजियटालाई बिक्री गरेको थियो । तर अहिले सोही शेयर पाँच करोड डलर अर्थात् रु साढे छ अर्बमा बिक्री गरिएकोप्रति उहाँले शंका व्यक्त गरेका छन् ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल