गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कतारमा माछापुच्छ्रे बैंकको एमबिएल रेमिट शुभारम्भ कतारमा माछापुच्छ्रे बैंकको एमबिएल रेमिट शुभारम्भ दीप संञ्चार मंसीर १५, २०८० गते ३:२७ मा प्रकाशित दोहा – आज बाट कतारमा एमबिएल रेमिट शुरु भएको छ । कतारमा रहेका नेपालीहरु माझ आज बाट शुरु भएको रेमिटले एक कार्यक्रम गरि आफ्नो सेवा शुभारम्भको घोषणा गरेको हो ।नेपाली समुदायका विभिन्न क्षेत्रमा आवद्ध नेपालीहरुलाई समेट्दै माछापुच्छ्रे बैंकका मध्यपूर्व व्यवसाय संयोजक सुजन सापकोटाले सेवा शुभारम्भको घोषणा गरेका हुन् ।अलफरदान एक्स्चेन्जसंगको आपसी सम्झौतामा रेमिटले आफ्नो सेवा शुभारम्भ गरेको सापकोटाले जानकारी गराएका हुन । बिगत २३ बर्ष देखि पश्चिमाञ्चल को क बर्गको माछापुच्छ्रे बैंकले मध्यपुर्वका ४ वटा देशमा आफ्नो रेमिट बिस्तार गरेको हो ।सबै नेपालीले छिटो र सरल तरिकाले आफ्नो घरमा आफ्नै नेपाली बैंक मार्फत पैसा पठाउने माध्यमका रुपमा एमबिएल रेमिटलाई कतारमा ल्याइएको हो । माछापुच्छ्रे बैंकको एमबिएल रेमिट मार्फत निरन्तर पैसा पठाउने श्रमिकलाई नेपालमा १० लाख सम्मको व्यवसायीक कर्जा सहुलियत दिईने पनि सापकोटाले जानकारी दिए ।निरन्तर ५ महिना सम्म एमबिएल रेमिट मार्फत नेपाल पैसा पठाउने श्रमिकले २ लाख सम्मको क्रेडिड कार्ड पाउन सक्नेछन । उक्त क्रेडिड कार्ड नेपालमा रहेको परिवारले प्रयोग गर्न पाउनेछन ।माछापुच्छ्रे बैंकमा खाता खोलेका र विदेशमा रहेका व्यवसायीहरूलाई १५ हजार अमेरिकी डलर बराबरको डलर कार्ड सुविधा पनि उपलब्ध गराइने जनाइएको छ ।संयोजक सापकोटाले कतारमा रहेका श्रमिकहरु विच बैंकिङ ज्ञान संगै रेमिट को एप्लिकेसन प्रयोग लगायतका विषयमा क्याम्पियन गरिने पनि बताए । कार्यक्रममा सहभागी गैरआवासीय नेपाली संघ, नेपाल व्यवसायी संघ , बैचारिक संस्थाका प्रतिनिधि, मानव अधिकारकर्मी तथा पत्रकारहरुले रेमिट शुभारम्भको अवसरमा शुभकामना दिएका थिए ।क्याटेगोरी : ग्लोबल, गल्फ, समाचारट्याग : #breaking, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारश्रीमतीले गरिन् श्रीमानको घाँटी रेटेर हत्यातारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवदोषी भए फाँसी दिनुहोस भन्दै मध्यरातमा सन्दिपले लेखे यस्तो भावुक स्टाटसआज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला