गृहपृष्ठ ∕ समाचार ∕ आज सामाजिक सुरक्षा दिवस, वैदेशिक रोजगारमा जाने ४ लाख ६६ हजार ६ सय २२ जोडिए आज सामाजिक सुरक्षा दिवस, वैदेशिक रोजगारमा जाने ४ लाख ६६ हजार ६ सय २२ जोडिए दीप संञ्चार मंसीर ११, २०८० गते ९:४३ मा प्रकाशित सरकारले आज सामाजिक सुरक्षा दिवस मनाउँदै छ ।प्रत्येक वर्षको मंसिर ११ गतेलाई गर्दा सामाजिक सुरक्षा दिवसको रुपमा मनाउने गरिएको छ । सामाजिक सुरक्षाको कुरा गर्दा वैदेशिक रोजगारमा जाने ४ लाख ६६ हजार ६ सय २२ जना कोषमा जोडिएका छन् ।कोषले मंसिर ११ गते सोमबार छैटौ सामाजिक सुरक्षा दिवस काठमाडौंको राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेर मनाउँदैछ । कोषले छैटौ दिवस मनाउँदै गर्दा गत बर्षदेखि कार्यान्वयनमा आएको वैदेशिक रोेजगारमा जाने र विदेशमा कार्यरत नेपालीहरु लाखौको संख्यामा जोडिएका हुन् ।मंसीर ८ गतेसम्मको तथ्यांक अनुसार बैदेशिक रोजगारमार्फत श्रम स्विकृति लिएर जानेको हकमा कोषमा योगदानको निरन्तरता न्युन देखिएता पनि वैदेशिक रोजगारमा रही विदेशबाटै योगदान गर्नेको हकमा ९० प्रतिशतको निरन्तरता रहेको देखिएको छ । सामाजिक सुरक्षा कोषमा सुचीकृत रोजगारदाताको संख्या १८ हजार ४ सय ३९ पुगेको छ भने अहिलेसम्म योगदानकर्ताको संख्या ९ लाख २८ हजार ४ सय ५३ पुगेको कोषले जनाएको छ ।कोषको पछिल्लो तथ्यांक अनुसार ४४ अर्ब ८५ करोड रुपैया कोषमा जम्मा भइसकेको छ । जसअन्तर्गत औषधी उपचार , स्वास्थ्य तथा मातृत्वका लागि ७६.१२ करोड दावी गरिएको छ भने दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकम ८.७५ करोड रहेको छ । त्यसैगरी आश्रीत परिवार सुरक्षा दाबी रकम १०.९६ करोड रहेको छ भने अवकाश दाबी रकम ५४८.९७ करोड रहेको जनाइएको छ । कोषमा अहिलेसम्म कुल दाबी रकम ६ अर्ब ४४ करोड पुगेको छ । सहभागिता, योगदान र समाजिक सुरक्षाको मर्म बमोजिम औषधि उपचार, स्वास्थ्य एवं मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा र आश्रित परिवारको सुरक्षा र वृद्धा अवस्थाको सुरक्षा कोषमा समेटिएका छन् ।क्याटेगोरी : समाचार, समाजट्याग : #सामाजिक सुरक्षा दिवस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै