गृहपृष्ठ ∕ समाचार ∕ शरणार्थी प्रकरणका अभियुक्तहरूको मुद्दामा आज पनि निरन्तर सुनुवाइ शरणार्थी प्रकरणका अभियुक्तहरूको मुद्दामा आज पनि निरन्तर सुनुवाइ दीप संञ्चार मंसीर ६, २०८० गते ७:१३ मा प्रकाशित नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेको पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितका अभियुक्तहरूले उच्च अदालत पाटनमा दायर गरेको निवेदनमा आज पनि निरन्तर सुनुवाइ हुने भएको छ ।हिजो न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासले हेर्दाहेर्दैमा राखेको निवेदनमा आज पनि सुनुवाइ हुने भएको हो ।शरणार्थी प्रकरणमा थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध अभियुक्तहरूले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए ।उनीहरूले उक्त आदेश अन्यायपूर्ण भएकाले आफूहरूलाई सामान्य तारिखमा रिहा गर्नुपर्ने माग गरेका छन् ।यो मुद्दामा पक्राउ परेका १९ जनामध्ये केशव तुलाधर, टंक गुरुङ र लक्ष्मी महर्जन भने धरौटीमा छुटेका थिए ।अभियुक्तविरुद्ध राज्यविरुद्धको अपराध, लिखत किर्ते, सङ्गठित अपराध तथा ठगी कसुर अन्तर्गतको मुद्दा लगाइएको छ ।नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले ठगी, सङ्गठित अपराध, किर्ते र राज्यविरुद्धको अपराध कसुरमा कैद‚ बिगो र जरिवाना मागदाबीसहित अदालतमा मुद्दा दायर गरेको थियो ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप