गृहपृष्ठ ∕ राजनीति ∕ शिक्षा प्रणालीलाई जीवनोपयोगी र आत्मनिर्भर बनाउनुपर्छ : प्रधानमन्त्री दाहाल शिक्षा प्रणालीलाई जीवनोपयोगी र आत्मनिर्भर बनाउनुपर्छ : प्रधानमन्त्री दाहाल दीप संञ्चार मंसीर ५, २०८० गते १९:०४ मा प्रकाशित प्रधानमन्त्री पुष्पकमल दाहालले देशको शिक्षा प्रणालीलाई सरल, सहज, जीवनोपयोगी र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् ।मंगलबार काठमाडौंमा एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीको उद्घाटन गर्दै उनले उच्च शिक्षाका निम्ति वर्षेनी लाखौँ विद्यार्थीहरु विदेशिने परिस्थितिले देशको शिक्षा प्रणाली, संरचना, पाठ्यक्रम र कार्यशैलीमा गुणात्मक परिवर्तन आवश्यक देखिएको बताए ।उनले विद्यार्थी देश बाहिर पढ्न जाने र नेपालका विद्यालय तथा विश्व विद्यालय खालि हुँदै जाने गम्भीर स्थितिलाई छिटै सम्बोधन गरी विदेश पलायनलाई रोक्नु आजको सबैभन्दा ठुलो चुनौती बनेको बताए ।“विद्यार्थी देश बाहिर पढ्न जाने, यता देशका विद्यालय तथा विश्वविद्यालय खाली हुँदै जाने गम्भीर स्थितिलाई छिटै सम्बोधन गरी यस पलायनलाई रोक्नु आजको सबैभन्दा ठूलो चुनौती बन्न गएको छ,” उनले भने, “यसमा बौद्धिक समुदायको गम्भीर विचार विमर्श आवश्यक छ ।”प्रधानमन्त्री दाहालले शिक्षा नीतिलाई युवाउपयोगी बनाएर नेपाली विद्यार्थीलाई देशकै विद्यालय, विश्वविद्यालयमा अध्ययन गर्न प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले विदेशी विद्यार्थीलाई नेपालका विद्यालयमा अध्ययन गर्न आकर्षित गर्ने खालको शिक्षा प्रणाली लागू गर्नुपर्ने बताए ।साभारक्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप