गृहपृष्ठ ∕ समाचार ∕ हिमचितुवाको आक्रमणबाट ८२ च्यांग्रा मरे हिमचितुवाको आक्रमणबाट ८२ च्यांग्रा मरे दीप संञ्चार कात्तिक २६, २०८० गते ७:२६ मा प्रकाशित मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२, ढाक्मरमा हिमचितुवाको आक्रमणबाट एउटै खोरमा रहेका ८२ च्यांग्रा मरेका छन् ।मिङमार गुरुङको खोरमा शुक्रबार राति पसेका हिमचितुवाले आक्रमण गर्दा ८२ च्यांग्रा मृत र आठ घाइते अवस्थामा भेटिएका वडा सदस्य ङवाङ छवत्तर गुरुङले जानकारी दिए ।“रातको समयमा तारबारसहितको पर्खाल नाघेर खोरभित्र पसेका चारवटा चितुवाले च्यांग्रा मारेको हो,” उनले भने, “३० लाख रुपैयाँभन्दा बढीको क्षति गरेको अनुमान गरेका छौँ ।”मुस्ताङमा हिमचितुवाले पुर्याएको यो अहिलेसम्मको ठूलो क्षति भएको कृषकको भनाइ छ ।लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्ट, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको इलाका संरक्षण कार्यालय लोमान्थाङ र चराङ प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुगेका छन् ।हिमचितुवा संरक्षित दुर्लभ वन्यजन्तु हो । मुस्ताङमा हिमचितुवा कति छन् भन्ने यकिन तथ्यांक छैन । ढाक्मर गाउँको पश्चिमतर्फ ठूलो रातो पहाडको ओढारमा हिमचितुवाको वासस्थान रहेको स्थानीय छिरिङ गुरुङले बताए ।गत वर्ष मुस्ताङमा वन्यजन्तुको आक्रमणबाट १९ कृषकका ६५ पशु मरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र वन डिभिजन कार्यालय मुस्ताङको तथ्यांक छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ